रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश


बुधबार, भदौ ४, २०७६


रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश

 संचारकर्मी रवि लामिछानेलाई छानविनका लागि चितवन जिल्ला अदालतले ५ दिन म्याद थप गरेको छ ।
जिल्ला न्यायधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछानेसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको           हो ।

पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रवि सहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता यदु शर्माले वहस         गरेका छन् । प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे ।



आरोपी तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो । लामिछानेसहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलविरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले                  रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ न्युज २४ च्यानलको कार्यालय पानीपोखरीबाट पक्राउ गरेको थियो । बिहीबार दिउँसो पक्राउ परेकी अस्मिता सहित तीनै जनालाई प्रहरीले बिहीबार राति चितवन पुर्याएको थियो । पुडासैनीकी पत्नी सम्झना पुडासैनीले पनि आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछानेसहित तीनविरुद्ध किटानी जाहेरी दिएकी छन् ।

पुडासैनीले आत्महत्याअघि आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका थिए ।

उक्त भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ । पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda