चितवनमा भाइरल ज्वरो र डेंगुका बिरामी बढे

चितवनमा भाइरल ज्वरो र डेंगुका बिरामी बढे


बुधबार, भदौ ४, २०७६


चितवनमा भाइरल ज्वरो र डेंगुका बिरामी बढे

 चितवनका अस्पतालहरुमा भाइरल ज्वरोका बिरामी बढेका  छन् ।
साउनको अन्तिम सातादेखि अस्पतालहरुमा ज्वरोका बिरामीको चाप बढेको चिकित्सकहरुले बताएका छन् । भरतपुर अस्पतालमा भाइरल ज्वरोका           बिरामीको चाप बढेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

बिरामीको चाप अधिक हुने भरतपुर अस्पतालमा बढ्दो गर्मी र बर्षका कारण           भाइरल ज्वरोका बिरामी थपिँदा व्यवस्थापनमा समस्या भएको उनले बताए । ‘अस्पतालका बेड सबै भरिएका छन्’ पौडेलले भने, ‘ज्वरो, डेंगु र स्क्रव टाइफसका विरामी अधिक छन् ।’



अस्पतालमा ज्वरोसँगै डेंगुका बिरामीहरू पनि थपिएका छन् । भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले ओपिडी आउने बिरामी मध्ये झण्डै ३० प्रतिशत भन्दा बढी भाइरल             ज्वरोका बिरामी रहेको बताए । उनका अनुसार भर्ना भएका          बिरामी मध्ये एक तिहाई ज्वरो र डेंगुका बिरामी छन् । डेंगुसँगै इन्फ्लुएञ्जा ‘ए’, इन्फ्लुएञ्जा ‘बी’, इन्सेफलाइटिस, स्क्रब टाइफसको समस्या पनि देखिएको छ ।

वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने हुँदा, जथाभावी               खानेकुरा खानाले पनि ज्वरोको               बिरामी बढेको डा. अधिकारीले बताए ।
भाइरल ज्वरो र डेंगुबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरु प्रभावित बनेको डा. अधिकारीले बताए ।

नेपालमा सबैभन्दा पहिला चितवनमा नै डेंगु रोग देखिएको थियो । सन् २००६ मा जिल्लामा डेगु महामारीका रुपमा फैलिएको थियो । सन् २०१०, सन् २०१४ मा जिल्लामा डेंगु महामारीका रुपमा फैलिए पनि पछिल्ला दुई बर्षमा भने खासै देखिएको थिएन ।

भरतपुरमा महानगरभित्र ज्वरो र डेंगुका बिरामी बढी भेटिएका              छन् ।
महानगरको नारायणगढ बसपार्क, क्षेत्रपुर, पूल्चोक लगायतका क्षेत्रमा बढी मात्रामा ज्वरो र डेंगुका बिरामी भेटिएका छन् । महानगरकाब स्वास्थ्य संयोजक जीवन श्रेष्ठले डेंगुबाट जोगिन प्रचारात्मक कामका साथैं डेंगु                    गराउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाएको बताए ।

उनले विभिन्न कार्यक्रम चलाएको बताए पनि महानगरपालिका क्षेत्रमा नै बढी बिरामीहरु भेटिएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda