सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई

सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई


शुक्रबार, भदौ ६, २०७६


सत्तारुढ दलको सिटमा आए बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा.  बाबुराम भट्टराई बिहीबारदेखि प्रतिनिधिसभामा सत्तारुढ दलको सिटमा बस्न थालेका छन् ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहित निर्वाचन आयोगबाट आएको पत्र बिहीबार प्रतिनिधिसभामा प्राप्त भएको भन्दै सभामुख कृष्णबहादुर महराले बाचन गरेर सुनाएका थिए ।



यसअघि नेता भट्टराई प्रतिनिधिसभामा स्वतन्त्र सांसद बस्ने सिटमा बस्दै आएका थिए । नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेकाले उनी स्वतन्त्र सांसदको हैसियतमा थिए ।

तर पार्टी एकतापछि उनी सत्तारुढ दलको सांसद बनेका छन् । उनको पार्टी समाजवादी पार्टीका तर्फबाट २ जना मन्त्री छन् ।

नेकपा सांसदले दिए धन्यवाद

पूर्वप्रधानमन्त्री भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेकामा नेकपा सांसद विरोध खतिवडाले धन्यवाद दिएका छन् । केही समय अघि उनले संसद बैठकमा डा. भट्टराई बस्ने सिट सही हो भनी प्रश्न उठाएका थिए ।

त्यतिबेला उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टी एकताको जानकारी निर्वाचन आयोगबाट नआएकाले सिट नमिलेको जानकारी गराएकी         थिइन् ।

बिहीबार सांसद खतिवडाले समय लिएर बोल्दै आफूले उठाएको विषय कार्यान्वयन भएकोमा संसद सचिवालयलाई धन्यवाद दिए ।

उनले अगाडि भने, ‘यो संसद नियमावलीको कुरा मात्र होइन नेपाली संस्कार पनि छ । विवाह भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो, माइती बसेको भन्दा घरमा बसेकै राम्रो हुन्छ । सुरु सुरुमा लाज लाग्छ पछि हट्दै जान्छ ।’


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda