यसरी भएको थियो घिमिरेको हत्या

यसरी भएको थियो घिमिरेको हत्या


आइतवार, भदौ ८, २०७६


यसरी भएको थियो घिमिरेको हत्या

गोरखा ः गत साउन २८ गते मृत अवस्थामा फेला परेका श्यामहरी घिमिरेको अन्तत हत्या भएको खुलेको छ ।
घटना भएको १२ औ दिनमा उनको हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।

गोरखा नगरपालिका(१० को मनकामना वहिरा आवासिय माध्यमिक बिद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका घिमिरे विद्यालय नजिकैको कुवाडी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । रहस्यमय मृत्यु भएको भन्दै आफन्त र गाउँलेले हत्या भएको दावी गर्दै आएका थिए ।



घटनाको सत्यतथ्य छानविन गरी दोषीलाइ कारवाहीको माग गर्दै बिभिन्न चरणमा आन्दोलन समेत भए । प्रहरीले अनुसन्धान गरीरहेपनि घटनाको सत्यतथ्य पत्ता मुश्किल परिरहेको थियो ।  घिमिरेको मृत्यु भएको हो वा हत्या भएको हो भन्ने कुरा समेत            प्रहरीले थाहा पाउन सकेको           थिएन ।

उक्त घटना सेलाउन नपाउँदै गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा अर्को घटना          थपियो । साउन ३२ गते आफ्नै श्रीमतीलाइ खुर्पाले घाटी रेटेर हत्या गर्ने श्रीमान याकुक परियारलाइ प्रहरीले पक्राउ ग¥यो ।

परियारसँग वयान लिदै गर्दा घिमिरेको समेत आफैले हत्या गरेको स्वीकार उनले गरेको प्रहरीको दावी छ । शुक्रबार पत्रकार सम्मेलन गरी याकुवले नै घिमिरेको पनि हत्या गरेको भनि स्विकार गरेको एसपी ओम      अधिकारीले बताए ।

यसरी भएको थियो घिमिरेको हत्या ः याकुवले प्रहरीमा दिएको वयानमा आधारित

‘याकुव सहित उनका परिवार झारफुकका लागी भन्दै गत साउन २७ गते साँझ टक्सार पुग्छन् । झारफुक गर्नै लाग्दा याकुवको परिवार सँग विवाद हुन्छ । परिवारका सदस्यलाइ हातपात गरी याकुव त्यहा बाट फुत्कन्छन् ।

रिसको झोकमा सडक किनारमा कुद्दै गर्दा टक्सार स्थित जंगलमा घिमिरेसँग याकुवको जम्काभेट हुन्छ । केही पर पुगिसकेपछि याकुव विद्यालयबाट फर्किदै गरेका            घिमिरे माथि जाइलाग्छन् ।

मुक्का प्रहार गर्छन् । मुक्का प्रहारबाट सडक किनारमा ढलेका घिमिरेको कपडा समातेर याकुवले जंगल तर्फ घिसार्छ । एक हातले घिमिरेको घाटी थिच्छन् । उनीहरु दुवै केही तल पुगेर रुखमा अड्कन्छन् । घाँटी थिचिएको अवस्थामा अर्धचेत भएका घिमिरेलाइ तानेर छात्ती माथि चढी मुन्टो बटारेर याकुव फर्कन्छन् ।

सडक किनारमा आइपुगेर हतास अवस्थामा याकुवलाइ उनका परिवारले   भेटछन् । श्रीमतीलाइ अंगालेर याकुव रुन थाल्छन् । पुन ः झारफुक गरी उनीहरु घर फर्कन्छन् ।’ याकुव अहिले हिरासतमा छन् । श्रीमती हत्या आरोपमा उनलाइ कर्तव्य ज्यानमा मुद्धा दर्ता भइसकेको छ ।

घिमिरेको हत्या          आरोपमा पनि कर्तव्य ज्यानमा मुद्धा दर्ता हुने एसपी अधिकारीले                बताए । कानूनी परामर्श गरेर दुवै मुद्धा दर्ता गरी अनुसन्धान थाल्ने प्रहरीको तयारी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda