महायज्ञको नाममा श्रम शोषण

महायज्ञको नाममा श्रम शोषण


आइतवार, भदौ ८, २०७६


महायज्ञको नाममा श्रम शोषण

गोरखा ः जिल्ला सदरमुकाममा हुने भनिएको श्रीमदभागवत ज्ञान महायज्ञका लागी ‘स्टेज’ निर्माणमा खटिएका मजदुरको श्रम शोषण भएको खुल्न आएको छ ।

पारिश्रमिक नदिइ आयोजक भागेको उनीहरुले गुनासो गरेका छन् । श्रीमद्भागवत ज्ञान महायज्ञ मूल समारोह समिति परिवारको आडमा फेस नेपाल मिडियाले यही भदौ ३ देखि १० गते सम्म महायज्ञ गर्न लागेको थियो । महायज्ञका लागी सदरमुकामको हरमटारी खेलमैदानमा स्टेज बनाउने काम पनि शुरु भयो । पत्रकार सम्मेलन पनि गरियो ।



सबै अतिथिलाइ निमन्त्रणा समेत पठाएको आयोजक अन्तत महायज्ञको अघिल्लो दिन जिल्ला छाडेर भागेपछि मजदुरले ज्याला नपाएका हुन् । ‘दुइ दिन सम्म काम ग¥यौ, दिनको एक हजार ज्याला दिने भनेका थिए,’ स्टेज निर्माणको जिम्मा पाएका ठेकेदार कमल केसीले भने, ‘पहिलो दिन ५ जना र दोस्रो दिन ४ जना मजदुर ल्याएर काम लगाए तर आयोजकले पैसा दिएन ।’ मजदुरले आफूसँग ज्याला मागेर हैरान गरेको उनको गुनासो छ ।

‘पोल गाडेर लगभग स्टेज तयार गरिसकेका थियौ तर महायज्ञ हुने अघिल्लो दिन कार्यक्रम नहुने भयो भनेर सबै पोल उप्काएर गाडीमा लोड गराउन लगाए । सामान पु¥याएर फर्केपछि ज्याला दिन्छु भनेर गएका फेस नेपाल मिडियाका फणिन्द्र लामिछाने त्यसपछि देखा परेनन्,’ उनले भने ।

श्रीमद्भागवत ज्ञान महायज्ञ मूल समारोह समिति परिवारको नाम बिकाएर स्टेज निर्माण देखि कार्यक्रम गर्ने सबै जिम्मा लामिछानेले लिएका थिए । श्रम गराएर मजदुरलाइ पारिश्रमिक नदिएका लामिछानेले मजदुरको फोनलाइ वेवास्ता गर्दै आएका              छन् ।

‘फोन ग¥यो भने एक घण्टी मै काट्नुहुन्छ, कहिले स्विच अफ गरेर राख्नुहुन्छ, कहिले काही फोन उठ्छ, पैसा माग्यो भने थर्काउनुहुन्छ,’ केसीले गुनासो          गरे । यस बारेमा प्रतिक्रिया लिन लामिछानेलाइ सुरुवातबाट फोन सम्पर्क गर्दा मोवाइल स्विच अफ भएको पाइयो ।

महायज्ञमा पण्डित दीनवन्धु पाखरेलले कथा वाचन गर्ने भनेर प्रचार भएको थियो । महायज्ञ हुने अघिल्लो दिन पण्डित पोखरेल आफैले आयोजकले आवश्यक समन्वय नगरेको भन्दै तत्काललाइ महायज्ञ गर्न नसक्ने बताएका थिए ।

विना तयारी हचुँवाको भरमा फेस नेपाल मिडियाले महायज्ञको आयोजना गर्दा असफल भएको स्रोत बताउछ । महायज्ञका लागी जिल्लाका सरोकारवाला सँग आवश्यक समन्वय समेत नगरेको आरोप आयोजक माथि लागेको         छ । ‘पैसा कमाउने मात्र उदेश्य    राखे, आवश्यक तयारी गरेनन्, काम असफल भयो,’ स्रोत भन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda