अवैध रुपमा सालको काठ ओसारपसार गर्ने चार पक्राउ
अवैध रुपमा सालको काठ ओसारपसार गर्ने चार पक्राउ
गोरखा ः अवैध रुपमा सालको काठ ओसारपसारमा संलग्न रहेको आरोपमा चार जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्याक्टरमा काठ ओसारपसार गर्दै गर्दा सिरानचोक गाउँपालिका वडा नम्वर ३ को हर्मी भन्ज्याङबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्वर १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा नम्वर १० का अमित लामा रहेको डिएसपी महेन्द्र नेपालले बताए ।
काठ ओसारपसारमा प्रयोग भएको ग १ त ३७२६ नम्वरको ट्याक्टर र ना १९ प ६२०९ नम्वरको मोटरसाइकललाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । आवश्यक कारवाहीका लागी नियन्त्रणमा लिइएको व्यक्ति सहित ४९ क्यू फिट काठ डिभिजन वन कार्यालय गोरखामा पठाइएको डिएसपी नेपालले जानकारी दिए ।
कारवाहीका लागी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिभिजनल वन अधिकृत तोयनाथ पौड्यालले बताए ।