पन्द्रुङकामा घरघरै धारा
पन्द्रुङकामा घरघरै धारा
बारपाक सुलिकोट गाउँपालिका–८ पन्दु्रङ ६३ घरधुरी घरघरै खानेपानी सुविधा पाएका छन् ।
बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा र केयर नेपाल, स्वारा सघन विकास केन्द्र सहयोगमा खानेपानी निर्माण भएको हो ।
सो रिठ्ठेपानी खानेपानी आयोजनालाइ शनिबार प्रतिनिधिका सभा सदस्य चुडामणी खड्काले उद्घाटन गरे । कार्यक्रम सम्बोधन गर्दै खड्काले एक घर एक धारा भन्ने सरकारको नारा साकार पार्न तथा बारपाक सुलिकोटवासी जनताको विकासको एजेन्डा पुरा गर्न आपूm निरन्तर लागि परेको बताए ।
उपभोक्ता समिति अध्यक्ष सोमप्रसाद पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संसद खड्का, गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, वडा अध्यक्ष कृष्ण बहादुर गुरुङ, नेकपा बारपाक सुलिकोट गाउँपालिका पार्टी अध्यक्ष नर बहादुर गुरुङ, युवा संघ गोरखाको संयोजक सुरेन लामिछाने, स्वारा सघन गाउँविकास केन्द्रका कार्यक्रम निर्देशक सिताराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यत्रमकै अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गायक हरिराम परियार र बेलिमाया पुलामीमगरले तीज गीत प्रस्तुत गरेको मिलन ढकालले जानकारी दिए ।