अवैध काठ तस्कर बिरुद्ध निगरानी बढाउ
अवैध काठ तस्कर बिरुद्ध निगरानी बढाउ
केही दिन अघि अवैध रुपमा सालको काठ ओसारपसार गरिरहेका चार जनालाइ काठ सहित प्रहरीले पक्राउ ग¥यो । काठ तस्करीलाइ नियन्त्रणमा लिइएको यो पहिलो घटना भने होइन । यस अघि पनि अवैध रुपमा ओसारपसार भइरहेको काठ वेला वखत प्रहरीले नियन्त्रणमा लिइरहेकै छ ।
यी घटनालाइ हेर्दा जिल्ला काठ तस्करको हव बन्दै गएको प्रष्ट हुन्छ ।
जिल्लामा सामुदायिक, नीजि, सरकारी र कवुलियती गरी वनको क्षेत्रफल धेरै नै छ । शहरी भन्दा ग्रामिण भेगमा वन जंगलको क्षेत्रफल बढी छ ।
ग्रामिण भेगमा नियमन निकायको आखा पनि कमै मात्रामा पुग्छ । जसका कारण अवैध रुपमा काठ तस्कर हुने सम्भावना बढी हुन्छ । सोही ठाउँमा काठ तस्करीमा संलग्न गिरोह बढि सक्रिय हुन्छन् । तर नियमन निकायको निगरानी कम हुदाँ अधिक मात्रामा काठ तस्करी भइरहेको छ भन्दा फरक पर्दैन ।
तस्करी बढ्दै जाने हो भने वनजंगल विनाश हुने मात्र यसले वातावरणमा नकरात्मक असर पनि पु¥याउछ । यसको प्रत्यक्ष असर वन्यजन्तुले मात्र होइन मानव जातीले पनि भोग्नुपर्छ ।
बिभिन्न विपदको जोखिम बढ्छ । तर यी समस्याको प्रवाह नगरी धन कमाउने लोभमा काठ तस्कर गर्ने गिरोहरुमाथि निगरानी बढाउनु आवश्यक छ ।कही कतै नियमन निकायकै मिलेमतोमा तस्करी भइरहेको भन्ने आशंका पनि उत्पन्न हुनेगर्छ ।
यस्ता भ्रमलाइ चिरेर नियमन निकायले निगरानी बढाउनु आवश्यक छ । बिशेषत नियमन निकायको पहुँच र निगरानी ग्रामिण भेगका वन क्षेत्रमा पुग्नु जरुरी छ । होइन भने काठ तस्करहरु सलवलाउने छन् । अनि वन क्षेत्रको विनाश हुनेछ ।