अनुदानको मल वितरण जिम्मा प्रदेश र स्थानीय तहलाई

अनुदानको मल वितरण जिम्मा प्रदेश र स्थानीय तहलाई


बिहिबार, भदौ १२, २०७६


अनुदानको मल वितरण जिम्मा प्रदेश र स्थानीय तहलाई

सरकारले अनुदानको रासायनिक मल बिक्रीको अधिकार प्रदेश र स्थानीय तहलाई दिने भएको छ । हरेक प्रदेश र त्यस अन्तर्गतको स्थानीय तहले वितरण गर्ने गरी कृषकलाई मल वितरण गर्नेसम्बन्धी कार्यविधि तयार भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

यसअघि केन्द्र सरकार मातहतको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले कृषि सहकारी र डिलर सहकारीमार्फत कृषकलाई अनुदानको मल मल बिक्री गर्दै आएको थियो । सहकारीबाट गरिएको मल वितरण प्रभावकारी नभएपछि प्रदेश र स्थानीय तहलाई नै जिम्मेवार बनाउन लागिएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए ।



‘मन्त्रालयले खरिद गर्ने मल प्रदेशगत खेतीयोग्य जमिन, मलको खपत र मागका आधारमा वितरण गरिने छ । प्रदेशलाई केन्द्र सरकारले उपलब्ध गराउने मल आफ्नो स्थानीय तहले खटन पटन गर्ने छ’ सुवेदीले भने । मन्त्रालयले गठन गरेको प्राविधिक समितिले बुझाएको कार्यविधिअनुसार हरेक प्रदेशमा कति मल आवश्यक हो भन्ने अध्ययन गरिएको छ । अध्ययन प्रतिवेदन अनुसार प्रदेश २ र ३ मा सबै भन्दा धेरै मल खपत हुन्छ । केन्द्र सरकारले कोटा तोकेरै रासायनिक मल प्रदेशलाई दिने तयारी गरेको छ ।

प्रदेशले पनि आफ्नो क्षेत्रको स्थानीय तहलाई मल उपलब्ध गराउने छ । यसरी प्राप्त भएको मल वर्षभरी कसरी वितरण गर्ने भन्ने तजबिजी अधिकार नगरपालिका र गाउँपालिकालाई हुनेछ । यससम्बन्धी कार्यविधि आवश्यक छलफलपछि कार्यन्वयनमा ल्याइने मन्त्रालयले जनाएको छ ।

मल अनुदानको मल वितरण प्रणाली प्रदेश र स्थानीय तहमा पठाउँदा कृषकलाई धेरै सहज हुने मन्त्रालयको विश्वास छ । वार्षिक रुपमा देशभर ६ लाख मेट्रिक टन रासायनिक मलको माग रहेको मन्त्रालयले जनाएको छ । तर कुल मागको करिब आधा तीन लाख मेट्रिक टन हाराहारी मल सरकारले वितरण गर्दै आएको छ ।

अघिल्ला वर्षहरुमा भन्दा धेरै मल आयात गर्न सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ९ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट करिब साढे ४ लाख मेट्रिक टन मल आयत गर्न सकिने विश्वास मन्त्रालयको छ ।

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/०७१ मा २ लाख ३२ हजार टन, २०७१/०७२ मा २ लाख ९८ हजार मेट्रिक टन, २०७२/०७३ मा २ लाख ५८ हजार मेट्रिक टन, २०७३/०७४ मा ३ लाख २८ हजार मेट्रिक टन, २०७४/०७५ मा ३ लाख ४८ हजार मेट्रिक टन र २०७५/७६ मा साढे तीन लाख मेट्रिक टन रासायनिक मल वितरण गरेको मन्त्रालयले जनाएको छ ।

by onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda