तीज गीत प्रतियोगीता हुने
तीज गीत प्रतियोगीता हुने
हरितालिका तीजको अवसर पारेर यही भदौ १६ गते रेडियो गोरखाको आयोजनामा तीज गित प्रतियोगीता हुने भएको छ ।
महिलाहरुको कथा व्यथा र वेदनाको साथमा भूकम्पले आशिंक क्षति पुगेका तर अहिले सम्म पुनर्निर्माण हुन नसकेका घरलाइ प्रवलिकरण विधि मार्फत पुरानै हिसावले निर्माण गरौ भन्ने मूल सन्देशका साथ प्रतियोगीता हुन लागेको हो ।
गोरखा नगरपालिका(६ को रानीपोखरी परिसरमा हुने प्रतियोगीतामा पहिलो हुने टिमले २० हजार, दोस्रो हुनेले १५ हजार, तेस्रोले १० हजार र सान्त्वना हुने टिमले पाँच हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगीतामा उत्कृष्ट नृत्य प्रद्र्धशन गर्ने दर्शकका लागी पनि बिभिन्न आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीता सँगै चर्चित राष्ट्रिय दोहोरी गायकहरुको पनि बिशेष प्रस्तुती रहने रेडियो गोरखाले जनाएको छ ।