भारतीय राजदुतको पुनर्निर्माणमा चासो
भारतीय राजदुतको पुनर्निर्माणमा चासो
गोरखा ः भूकम्पपछिको पुननिर्माण अवस्था बारे बुझ्न नेपालका लागी भारतीय राजदुत मञ्जिवसिंह पुरी गोरखा आएका छन् ।
शनिवार दिउँसो सदरमुकाम आइपुगेका पुरीले सोही दिन गोरखा दरवारको अवलोकन सँगै गोरखकाली र गोरखनाथको दर्शन समेत गरे ।दर्शनको क्रममा पत्रकार सँग कुराकानी गर्दै उनले गोरखाको पुननिर्माणको काम सन्तोषजनक रहेको बताए । उनले भूकम्पको केन्द्रविन्दु बारपाक, उत्तरी गोरखाको सामागाउँ र तिव्वतको नाकाको बारेमा पनि चासो व्यक्त गरेका थिए ।
नेपाल र भारत बिच मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै उनले भने, ‘नेपाल खुशी भए हामी खुशी हुन्छौ, हाम्रो सहयोग सधै रहनेछ ।’
आज (आइतवार) भारतीय सरकारको सहयोगमा जिल्लामा पुननिर्माण भइरहेका संरचनाको राजदुत पुरीद्धारा निरिक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।