कांग्रेसको क्षेत्रिय र प्रदेश समितिको नेतृत्व चयन
कांग्रेसको क्षेत्रिय र प्रदेश समितिको नेतृत्व चयन
नेपाली कांग्रेस गोरखाले जिल्लाका दुइ क्षेत्र र चार प्रदेशको क्षेत्रिय र प्रादेशिक समितिको नेतृत्व टुंग्याएको छ ।
कांग्रेस गोरखाको वुधवार र विहीवार बसेको बैठकले संघिय निर्वाचन क्षेत्र नम्वर १ को सभापतिमा धिरन थापालाइ जिम्मेवारी दिएको छ । सोही संघिय निर्वाचन क्षेत्र अन्तरगत ‘क’ प्रदेश समितिमा दिपक भट्टराइ र ‘ख’ मा रोशन गुरुङले संयोजकको जिम्मेवारी पाएका छन् । संघिय निर्वाचन क्षेत्र नम्वर २ को सभापतिको जिम्मेवारी गोविन्द गुरुङलाइ दिइएको छ ।
सोही निर्वाचन क्षेत्र अन्तरगतको ‘क’ प्रदेश समितिको संयोजक इन्द्र बहादुर गुरुङलाइ तोकिएको छ । ‘ख’ प्रदेशको संयोजकको जिम्मेवारी दिर्घमान गुरुङले पाएका छन् । संघियता लागू हुनु अघि जिल्लामा तीन निर्वाचन क्षेत्र थिए । संघियता लागू भएको लामो समयपछि कांग्रेस गोरखाले क्षेत्रिय र प्रदेश समितिको नेतृत्व चयन गरेको हो ।
बैठकमा कांगे्रसकी केन्द्रिय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे र चिनकाजी श्रेष्ठको उपस्थिती रहेको थियो । बैठकले भदौ २४ गतेबाट जिल्लामा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान संचालन गर्ने निर्णय गरेको बताइएको छ ।