नक्कली सुनको सिक्री राखेर सक्कली चोरी
नक्कली सुनको सिक्री राखेर सक्कली चोरी
ठुलीआमाको घरबाट सुनको सिक्री चोरेर भागेका बारपाक सुलिकोट गाउँपालिका–७ का जित बहादुर गुरुङलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका–८ प्रतिक्षालयचोक बस्ने ठुलिआमा मिनु गुरुङको घरमा बस्दै आएका उनी ६५ हजार मूल्य बराबरको करिव एक तोलाको सिक्री चोरेर भागेका थिए । ‘उस्तै देखिने नक्कली सुनको सिक्री बनाएर घरमा राखेछ र सक्कली सुनको सिक्री लगेछ,’ पीडितले दिएको जायरीलाइ उल्लेख गर्दै एसपी ओम प्रसाद अधिकारीले भने । पक्राउ परेका गुरुङलाइ एक साताभित्र सुनको मूल्य बराबरको रकम तिर्ने सर्तमा कागज गराएर छाडिएको उनले बताए ।