सार्वजनिक सवारीमा मानववेचविखन बिरुद्धको सचेतनामूलक व्यानर
सार्वजनिक सवारीमा मानववेचविखन बिरुद्धको सचेतनामूलक व्यानर
सार्वजनिक सवारी साधनमा मानववेचविखन बिरुद्धको सचेतनामूलक व्यानर टाँस गरिदै । मानव वेचविखन बिरुद्धको साताव्यापी कार्यक्रम अन्तरगत बिहीवार जिल्लामा चल्ने भाडाका सवारी साधनमा व्यानर टाँस गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालि, दरौदी यातायात प्रालि र मनकामना यातायात ट्याक्सी सेवा प्रालिद्धारा संचालित बस, माइक्रो र ट्क्यासीमा ब्यानर राखिएको प्रहरी निरिक्षक कमला नरालले बताइन् । साताव्यापी कार्यक्रमको आज समापन हुदै छ । बिहान जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरि गरिने नरालले जानकारी दिइन् ।