सदरमुकाममै सडकको दुर्दशा

सदरमुकाममै सडकको दुर्दशा


शुक्रबार, भदौ २७, २०७६


सदरमुकाममै सडकको दुर्दशा

गोरखा ः गोरखा आरुघाट सडकखण्ड अन्तरगत पर्ने गोरखा नगरपालिका–४ को बुढिखोलादेखि फिनाम एसमोडसम्मको सडक कालोपत्रेको काम तीन वर्षदेखि अलपत्र छ ।

४ किलोमिटर सडक कालोपत्रेका लागि २०७२ साल साउन ३१ गते काष्टमाण्डव कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको हो । ०७४ मंसिर मसान्तभित्र काम सम्पन्न             गरिसक्नुपर्ने थियो । तर, हालसम्म कालोपत्रेको काम सुरु भएको        छैन ।



तीन करोड ३७ लाखमा ठेक्का लागेको उक्त सडकमा ठेकेदारको लापरवाहीले काम अलपत्र छ । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालय गोरखाले ठेकेदारको बचाउ गर्दै योजना नपरेका कारण काम हुन नसकेको बताएको छ ।

‘गत आर्थिक वर्ष पनि यसमा कुनै योजना परेन, चालु आवमा पनि छैन,’ कार्यालयका इन्जिनियर                   राजेशकुमार यादवले भने, ‘योजना नै नपरेपछि रकम हुँदैन कसरी काम गर्ने ?’ ग्राभेल र नालाको काम भने सम्पन्न भइसकेको उनले जानकारी दिए ।

सडक कालोपत्रे नहुँदा आउजाउमा समस्या भएको स्थानीय जनप्रतिनिधिको गुनासो             छ । बिहीवार सडक कालोपत्रेको माग गर्दै उनीहरु प्रमुख जिल्ला अधिकारीकोमा पुगेका छन् ।

‘फिनाम देखि घ्याम्पेशाल सम्मको सडक पिच भइसक्यो तर सदरमुकामको मुखमै रहेको सडक अलपत्र छ, बाटोले हामी जनप्रतिनिधिलाई पनि गिज्याइरहेको जस्तो भान हुन्छ,’ गोरखा               नगरपालिका वडा नम्वर २ का अध्यक्ष रहमतुल्ला मियाले भने ।

सडक कालोपत्रे नहुदा एम्वुलेन्स सम्म पनि चल्न कठिन हुने गरेको उनले गुनासो गरे । वडानम्बर १ का अध्यक्ष हिक्मतबहादुर कुवँरले सडक मर्मत नहुँदा यात्रुले दुःख पाउने गरेको बताए । ‘पानी पर्रुयो भने गाडी फिनाममै रोकिन्छ, अरु बेलामा पनि त्यो बाटोमा गाडीको पट्टा भाचिन्छ भनेर यात्रुले हिड्नुपर्ने बाध्यता छ,’ उनले भने ।

बाटोको विषयलाई लिएर दिनहुँ वडा कार्यालयका स्थानीय गुनासो गर्न आउने गरेको वडा नम्वर ४ का अध्यक्ष खोप बहादुर अधिकारीले बताए ।

‘वडामा आएर स्थानीयहरु आन्दोलन गर्छाै भन्छन्, हामीले थमाएर राखेका छौ,’ उनले भने, ‘कि काम नगर्ने ठेकेदारलाइ कालोसूचिमा राखेर ठेक्का तोड्नुप¥यो, होइन भने काम हुनुप¥यो ।’ बिहीबार प्रमुख जिल्ला अधिकारी सहित सडक कार्यालयका प्रमुख तथा अन्य सरोकारवालासँगको छलफलमा                  सदरमुकामको हरमटारी चोकदेखि फिनाम सम्मको सडक मर्मत           गरिदिन पनि वडाध्यक्षहरुले माग गरेका छन् ।

यसअघि कालोपत्रे भइसकेको सडक अहिले ठाउँ ठाउँमा भत्किएको छ । आफूहरुको मागलाई वेवास्ता गरेर जनतालाई लिएर आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयसँग रकम माग गरिएको सडक कार्यालयका प्रमुख रविन्द्रलाल दासले बताए ।

‘४ किलोमिटर सडक कालोपत्रेका लागि ६५ लाख र बाँकी रकम हरमटारी चोकदेखि फिनामसम्मको ३ किलोमिटर सडक मर्मतको लागि भनेर कुल एक                करोड रकम मन्त्रालयसँग मागेका छौं, फाइल मन्त्रालय पुगिसक्यो,  रकम आएपछि काम सुरु गर्छौ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda