प्रयोगविहीन जग्गामा बन्यो पार्क
प्रयोगविहीन जग्गामा बन्यो पार्क
गोरखा ः गोरखा नगरपालिका–६ तिनधारेमा खोपीधारा पार्क निर्माण भएको छ ।
धारासँगै रहेको जग्गामा पार्क बनाइएको हो ।
हाल सम्म १० लाख ५९ हजार रकम खर्च भइसकेको स्थानीय बताउँछन् । गोरखा नगरपालिकाले दुइ लाख रकम दिएको छ । बाँकी रकम स्थानीय समाजसेवी डा. राजुवावु श्रेष्ठ र रञ्जित कुमार श्रेष्ठले जुटाएका हुन् । ‘फेसवुक अभियान चलाएर रकम जम्मा ग¥यौ,’ रञ्जितले भने, ‘गोरखा घर भइ हाल जिल्ला वाहिर र विदेशमा रहनुभएकाहरुले सहयोग गर्नुभएको छ ।’ पार्क स्थलमा ढलान तथा प्लाष्टर गरेर ढुङ्गा छापिएको छ ।
आराम गर्नका लागी वेन्चहरु राखिएका छन् ।
फलाम र स्टिलग्रीलको कम्पाउण्ड छ । पुरानो संरचना भत्काएर शौचालय सहितको नयाँ भवन बनाइएको छ । ‘यो क्रियापुत्री बस्ने र नेवार समुदायको सनिस्चरे पुजा गर्ने ठाउँ पनि हो, त्यसलाइ पनि हामीले व्यवस्थित गरेका छौ,’ श्रेष्ठले भने ।
पूर्व पट्टि भागमा ‘प्रेसर कन्ट्रोल पाथ’ पनि बनाइएको छ । प्रेसरका बिरामीहरु त्यहा आएर हिड्न सक्ने उनी बताउछन् । शितलताका लागी ठाउँठाउँमा आपका बोटहरु रोपिएका छन् । विद्युत समेत जडान भइसक्यो ।
फ्रि वाइफाइको व्यवस्था गर्ने तयारी समेत भइरहेको श्रेष्ठले जानकारी गराए । पार्कको सोमवार गोरखा नगर प्रमुख राजनराज पन्तले उदघाटन गरेका छन् । पार्कको संरक्षणका लागी नगरपालिकाले बार्षिक ५० हजार रकम उपलब्ध गराउने पन्तले प्रतिवद्धता जनाए । ‘संरक्षण समिति बनाउछौ र तलव दिएर हेरालु पनि राख्छौ,’ डा. राजुवावु श्रेष्ठले भने ।
पार्कलाइ थप व्यवस्थित गर्दै लैजाने बताउदै उनी भन्छन्, ‘यो ठाउँ उपयोगविहिन थियो, उपयोगमा ल्याउन हामी जुटेका हौ ।’ पार्क स्थल सँगै रहेको खाली जग्गामा पोखरीधारा बगैचा निर्माणको काम भइरहेको उनले जानकारी गराए । ‘विरुवा रोप्ने काम भइरहेको छ, हाल अमेरिका रहनुभएका गोरखाका मनोज श्रेष्ठले आमा वुवाको नाममा बगैचा बनाउन आर्थिक सहयोग गुर्नभएको छ,’ श्रेष्ठले भने ।