गोरखाका ७६ ट्याक्सी चालकलाई ज्याकेट

गोरखाका ७६ ट्याक्सी चालकलाई ज्याकेट


बुधबार, अशोज १, २०७६


गोरखाका ७६ ट्याक्सी चालकलाई ज्याकेट

ट्याक्सी चालकलाई ज्याकेट वितरण गरिएको छ । मनकामना यातायात सेवा प्रालिमा आवद्ध ७६ जनालाई बुधबार ज्याकेट वितरण गरिएको हो ।

ट्याक्सी चालकको पहिचानका लागि ज्याकेट वितरण गरिएको प्रालिका अध्यक्ष ताराबहादुर खड्काले बताए । ‘ज्याकेटले चालकको पहिचान पनि भयो,’ उनले भने, ‘थप जिम्मेवार पनि बनाउँछ ।’ व्यवहारमा पनि परिवर्तन हुने अपेक्षा गरिएको उनको भनाइ छ ।



प्रत्येक ट्याक्सीमा भाडादरको सूची अनिवार्य राख्न चालकलाई प्रालिले निर्देशन दिएको छ । ‘भाडा महँगो लियो भनेर गुनासो आएको छ, भाडादरको सूची राखेपछि यात्रुहरु ठगिदैनन्,’ उनले भने ।

सूची नराख्नेलाई कारबाही गरिने उनले चेतावनी दिए । महँगो भाडा लिएमा वा अभद्र व्यवहार गरेमा प्रालिमा सम्पर्क गर्न आग्रह गर्दै खड्काले भने, ‘त्यस्ता चालकलाई हामी कारवाही गर्छाै र गर्दै आएका पनि छौ ।’

रात्रीकालीन समयमा पनि सेवाका लागि तयार रहेको उनले बताए । ‘जिल्लामा एम्वुलेन्सको संख्या कम छ, रातको समयमा कोही बिरामी परे भने एम्वुलेन्स नपाएर छट्पटाउनु पर्दैन, सेवा दिनका लागि सबै व्यवसायीलाई निर्देशन गरिसकेका छौ,’ उनी भन्छन् ।

ज्याकेट वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक (एसपी) विनोद घिमिरेले प्रभावकारी सेवा दिन चालकलाइ आग्रह गरे ।

ज्याकेटले थप जिम्मेवारी वहन गराउने भन्दै दुरुपयोग नगर्न उनको आग्रह छ । ‘ज्याकेट लगाउँदैमा असल चालक हुँदैन, व्यवहार पनि परिवर्तन गर्नु जरुरी हुन्छ,’ उनले भने ।

ट्राफिक नियमको पालना गर्न पनि उनले आग्रह गरे । ‘ट्राफिकलाई देखाउनका लागि नियम पालना गरेजस्तो गर्ने होइन, मनैबाट नियम पालना गर्ने भाव आउनुपर्छ,’ उनले भने ।

यात्रु बोक्ने रातो प्लेटका सवारीलाई कारवाही गर्न घिमिरेले निर्देशनसमेत दिएका छन् ।

प्रालिका व्यवासायीयहरुले रातो प्लेटका ट्याक्सीले खुलेआम यात्रु बोकेर समस्या गराएको गुनासो गरेका थिए ।

कार्यक्रमकै अवसरमा दुइ चालक सम्मानित भएका छन् । सुनिल बिक र बाबुराम परियारलाई सम्मान गरिएको प्रालिले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda