दौड प्रतियोगीताको उपाधी ढकाललाई
दौड प्रतियोगीताको उपाधी ढकाललाई
संविधान दिवसको अवसर पारेर शुक्रवार जिल्लामा खुल्ला दौड प्रतियोगीता भएको छ । लियो क्लव अफ गोरखाको आयोजनामा भएको प्रतियोगीताको उपाधी सिरानचोक गाउँपालिकाका सन्दिप ढकालले जितेका छन् । लक्ष्मीबजार देखि गोरखा बसपार्क सम्मको ४ किलोमिटर दुरी उनले १९ मिनेट २० सेकेण्डमा पार गरेका हुन् । सिरानचोक गाउँपालिकाकै सुरज भण्डारी दोस्रो भएका छन् । उनले १९ मिनेट ५४ सेकेण्डमा निर्धारित दुरी पार गरेका ह्ुन् । २० मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नारेश्वरका रञ्जित अधिकारी तेस्रो भएको क्लबका सचिव बर्षा ढकालले बताइन् । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश पाँच हजार, तीन हजार र १५ सय नगदको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगीतामा ४१ जनाको सहभागीता रहेको सचिव ढकालले जानकारी दिइन् । क्लबका अध्यक्ष बिदुरवल्लभ भट्टराइको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ गोरखाका अध्यक्ष अचुतलाल श्रेष्ठ, क्लबका तृतिय उपाध्यक्ष बालकृष्ण परियार लगायतले मन्तव्य राखेका थिए ।