भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
गोरखा ः भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् ।
शहिद लखन गाउँपालिका–३ तल्लो ग्याजाबाट करिव ६७ बर्षिय कमान सिं गुरुङलाइ आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मनकामना बाट गस्तीमा खटिएको प्रहरी टोलीले गुरुङको घरमा बन्दुक भेटेपछि उनलाइ नियन्त्रणमा लिएको हो ।
गुरुङ इलाका प्रहरी कार्यालय मनकामनाको नियन्त्रणमा छन् । आज जिल्ला प्रहरी कार्यालय ल्याइने बताइएको छ ।