गयो गोरखकाली !

गयो गोरखकाली !


मङ्लबार, अशोज ७, २०७६


गयो गोरखकाली !

भगवान खनाल

सकल दर्जाले शक्तिमा रहँदा केही लाख–करोड रुपैयाँ ऋणका लागि निर्वाह गरेको योगदानले अन्ततः उद्योग आजको हविगतमा आइपुगेको बिर्सन सकिन्न ।



संघ र प्रदेश सरकारको          करिब–करिब बीच बिन्दुमा रहेको एक उद्योग बन्द छ । ६ सय ४२         रोपनी क्षेत्रफलमा फैलिएको, मस्र्याङ्दी र दरौंदी नदीको संगममा उद्योगको विशाल भवन र           मेसनरी सामानहरू छन् ।            कर्मचारीको कार्यालय, आवास र मैदान छ ।

तर, उद्योगको जीवन छैन अहिले । उद्योगको जीवन नै नभएपछि अरू भौतिक सम्पत्ति के छ भन्नु र खै ? ठाउँठाउँमा उद्योग स्थापना गर्न जग्गा अधिग्रहण गर्न, डीपीआर, ईआईए, आईईईए गर्न नीति, कार्यक्रम र बजेट राखिएको छ । प्रयास गरिएको छ ।

नेपालको संविधान, २०७२ को राज्यका नीतिअन्तर्गत रहेको अर्थ, उद्योग र वाणिज्यसम्बन्धी नीतिदेखि उद्योगसम्बन्धी विभिन्न ऐन,  नियम, निर्दे्शिका, कार्यनीति आदि र दिगो विकास लक्ष्य, राष्ट्रिय योजनाका लक्ष्य तथा रणनीतिलगायतले सुदृढ अर्थतन्त्रका लागि उद्योग स्थापनाको कल्पना गरे पनि हुँदाखाँदाका उद्योगहरू भने रुग्ण बनेर खारेजीको अवस्थामा पुगे ।

गोरखा             नगरपालिका–१३,  देउराली (साविक देउराली–५, मझुवा) मा रहेको उद्योग बन्दप्राय छ । जुन उद्योगले उत्पादन दिँदैन त्यसलाई पाल्नुको सार्थकता रहँदैन भन्ने देखियो । त्यसैले संघीय सरकारले त्यस उद्योगलाई बन्द गर्ने प्रयत्न ग¥यो ।

कमाएर खानुपर्ने उद्योगले मागेर खानुपर्ने भएपछि बन्द गर्नु नै श्रेयस्कर ठानियो । पटक–पटक गरेर १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उद्योगलाई सरकारले बन्द गर्ने मनासय राख्यो । लगानी बालुवामा पानी हालेसरह भएपछि बन्द गर्नु नै सरकारले बुद्धिमानी देख्यो ।

एकातिर विकास, परिवर्तन, आत्मनिर्भरता र समृद्धिका लागि उद्योग, कलकारखाना खोल्नुपर्नेछ भने अर्का्तिर भएको उद्योग रुग्ण बन्दै बन्द गर्नुपर्ने विषम परिस्थिति र दुःखद अवस्था सिर्जना भएको छ । उद्योग निर्माणताका मेरो विद्यालय जीवन गुज्र्दै थियो । उद्योगको समय सूचक साइरन बजेपछि रमाइलो मान्दै गृहकार्य गर्ने, खाना खाने र स्कुल जाने–आउने क्रम चल्थ्यो ।

अपराह्न पनि उद्योगको त्यही   साइरन बजेपछि घर जाने बेला भएको सूचना पाउँथ्यौं । वरपरका मेलापात जानेलाई पनि समयसूचक थियो साइरन । मेरो वयष्कावस्थामै उद्योग बन्द भयो । उद्योग रहेकै क्षेत्रका नेता पूर्वप्रधान तथा अर्थमन्त्री बाबुराम भट्टराई (पीएचडी) ले उद्योगलाई उँभो लगाउन योगदान गर्न सक्नुभएन । त्यही क्षेत्रका सांसद भट्टराई दलगत एकताले गर्दा अहिले सत्तामा हुनुहुन्छ, तर विद्वान्         नेताले टायर उद्योग ठड्याउन सक्नुभएन, ढाल्नुभयो । प्रधान–अर्थमन्त्री हुँदा ऐन, कानुन र प्रक्रियालाईसरलीकृत गरेर, प्रविधिलाई परिवर्तन गरेर नमूना उद्योग बनाउने अवसरबाट उहाँ चुक्नुभयो ।

हुन त उहाँले धेरै ठाउँमा, धेरै क्षेत्र र विषयवस्तुमा काम गर्नुभयो होला, तर दैलोको उद्योग दिनहुँ टाट पल्टिने अवस्थामा         पुग्दै गर्दा रोक्ने कुनै पनि कदम चाल्न सक्नु भएन । यस्तै नेकपाका शक्तिशाली नेता, पूर्वप्रधानाध्यापक हितराज पाण्डे मन्त्री–सांसद बन्नुभयो । उद्योग भएकै क्षेत्रबाट चुनिनुभएका, उद्योगमा दाल भात खानुभएका कुनै बेलाका शक्तिशाली मन्त्री पाण्डेले पनि उद्योग ठड्याउन सक्नुभएन, ढाल्नुभयो । उद्योग बचाउन उहाँको पनि दाल गलेन । नारायणकाजी श्रेष्ठले उद्योग जीवित रहुन्जेल अलिअलि रस चुस्नुभयो होला ।

उद्योग भएकै निर्वाचन क्षेत्रबाट सांसदका पराजित उम्मेदवार, पूर्वउपप्रधान तथा स्थानीय विकास मन्त्री श्रेष्ठले पनि उद्योगको प्राण बचाउन सक्नुभएन । उद्योग चलाउनुपर्छ भन्ने पक्षमा कहिल्यै लाग्नुभएन । श्रेष्ठजीकै         सरकार छ तर पनि उद्योग ढल्दै गर्दा उहाँ मनमौजी हुनुहुन्छ ।

उद्योग भन्दा ५०–१०० मिटर पारीको क्षेत्रका हरिराज अधिकारीको संसद्यात्रा नयाँ हो । गोरखाका वलिष्ठ नेता, आफ्नै पार्टीको             सरकार रहँदा उहाँले पनि उद्योग चलाऊ भनेको सुनिएन । यही क्षेत्रकी पूर्वसांसद मैयाँदेवी श्रेष्ठ र पूर्वमन्त्री–सांसद कमला पन्तले पनि उद्योग बचाउने भूमिका खेल्नुभएन । सकल दर्जाले शक्तिमा रहँदा केही लाख–करोड रुपैयाँ ऋणका लागि निर्वाह गरेको योगदानले अन्ततः उद्योग आजको हविगतमा आइपुगेको बिर्सन सकिन्न ।

एक जमानामा रेडियो, टेलिभिजन र पत्रपत्रिकामा सुनिने(देखिने आयो गोरखकाली….भन्ने बोलको विज्ञापनलाई उल्ट्याउँदा यो लेखको शीर्षक जु¥यो, गयो गोरखकाली ।
यस्तै, उद्योग रहेको क्षेत्रकै दिनेशचन्द्र पोखरेल (पीएचडी), जिल्लाकै स्वर्णिम वाग्ले (पिएचडी) र उद्योग क्षेत्रकै सुनिलबाबु श्रेष्ठ (पिएचडी) ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्य बने पनि उहाँहरूका मति पनि उद्योग चलाउनेतिर सोझिएन ।

उता संघीय संसद्मै माननीय  सुरेन्द्र पाण्डे र चूडामणि खड्का उद्योग भएकै क्षेत्रका हुनुहुन्छ । यसैगरी              रामशरण बस्नेत र लेखबहादुर थापा गण्डकी प्रदेशका शक्तिशाली मन्त्री हुनुहुन्छ भने उद्योगको प्रत्यक्ष–अप्रत्यक्ष लाभ लिने तनहुँको   आँबुखैरेनीका हरिबहादुर चुमान प्रदेशका शक्तिवान् मन्त्री–नेता हुनुहुन्छ ।

उद्योग क्षेत्रकै प्रदेश सांसदद्वय प्रकाशचन्द्र दुवाडी र          हरिशरण आचार्य हुनुहुन्छ,          उहाँहरू पनि समयले जवानी लुटेपछि आयौं भन्ने बोलको           गीतले भनेझैं कोही पनि                 उद्योग ठड्याउने हिमायती बन्न सक्नुभएन ।
नगरपालिकाको दस्तावेज र प्रमुख राजनराज पन्तको डायरीमा रहेको उद्योग चलाउने वाचा, त्यहाँका वडाध्यक्ष हरिबहादुर खनाल र नेतृत्वपंक्तिका भानुभक्त थापा र रामभक्त खनालको उद्योग चलेको हेर्ने चाहना पनि तुसारापात बन्यो । उद्योग चलाउन साझा कार्यको आवश्यकता रहँदा पनि गोलबन्द हुने वातावरण नै बनेन ।

पञ्चायतले उतिबेला गण्डकीको पेरिफेरी र    गोरखामा वरपरका सोझा, निमुखा, गरिब दराई जातिलगायतको जग्गा अधिग्रहण गरेर खोलिदिएको           गोरखकाली रबर (टायर) उद्योगलाई बहुदलीय प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीय शासन–व्यवस्थाले टिकाउन सकेन ।

राजनीति र विकासमा एर्कालाई दोष दिने, आफूमा अद्वितीय क्षमता रहेको            तर्क गर्नेहरूको बुद्धिले पनि           टायर उद्योग कहिल्यै तङ्ग्रिएन । स्थापनाताका केही वर्ष तुलनात्मक रूपमा केही गतिलो व्यवस्थापक पाएको उद्योगले त्यसपछि कहिल्यै पाएन । अब त सायद कसैलाई उद्योग चाहिएन, किनकि अब उसको जीवनको बहार गुमिसक्यो, मृतःप्राय बनिसक्यो ।

हिजो जवानी छँदा अनेक बहानामा प्रत्यक्ष–अप्रत्यक्ष लाभ लिनेहरू उद्योग ढल्दै गर्दा, जीवन–मरणको दोसाँधमा छटपटाइरहँदा मलामी बन्न मात्र तत्पर भए । यसैले गयो गोरखकाली । अब बन्दप्रायः उद्योगको जमिनमा केहीले गिद्दे नजर पारेको सुनिन्छ । स्थानीयले हिजो उद्योग बन्द होला, अधिग्रहण गरिएका जग्गामा चलखेल र षड्यन्त्र होला भन्ने कल्पनासम्म पनि गरेका थिएनन् ।

तिनका चाहना उद्योग निरन्तर चल्छ भन्ने थियो ।  उमेर, सीप र क्षमताले भ्याएसम्म रोजगारीको चाह थियो, तर एक पुस्ताले पनि त्यो अवसर राम्ररी भोग गर्न नपाउँदै उद्योग चलेन । उद्योग बन्दको नकारात्मक प्रभाव परेको छ । रोजगारी कहाँ पाइएला भन्ने अवस्थामा हुँदाखाँदाको रोजगारी गुमेको छ ।

कुनै बेला टायर निर्यातसम्म              गरेको, सरकारलाई कर तिर्ने मध्येको एक र राष्ट्रिय तथा स्थानीय रोजगारी र अर्थसामाजिक क्रियाकलापमा भूमिका खेलेको उद्योग ऋणभार, पुरानो प्रविधि, चालू पुँजीको अभाव, व्यवस्थापकीय कमजोरी, कुशासन र अतिशय               राजनीतीकरणले बन्द हुने अवस्थामा पुगेको हो ।

स्थापनाताका नै निरन्तर ऋण (अमेरिकी               डलरको भाउ बढेपछि ब्याजदर    परिवर्तनले) मा डुबेको उद्योग तिर्नै नसकी प्राणपखेरु गुम्यो । उद्योगले उत्सर्जन गर्ने धूवाँले केही         मानवीय र वातावरणीय पक्षमा असर परेको चर्चा नचलेको            पनि होइन ।

उता उद्योगलाई साल्ट टेडिङले परजिवी बनेर चुस्नुसम्म चुस्यो र अन्ततः रेबिज लागेको            बिरामीलाई झैं दिन गन्ती           बनाई–बनाई ढाल्यो । प्रविधि          फेररे उद्योग मजाले चलाउन सकिने बताइन्छ, किनकि टायरको बजार फराकिलो बनेको छ ।                रोजगारी, उत्पादन, आत्मनिर्भरता अहिलेको अहं सवाल हो ।

संविधानले समृद्धिको कल्पना गरेको छ । यो उद्योग संघीय सरकारको कार्यक्षेत्रमा भए पनि नयाँ प्रविधिको प्रयोग गरी संघ, प्रदेश र स्थानीय तहको सहलगानीमा चलाउने दुस्साहस कसैले गर्ला ? वा सार्वजनिक–निजी साझेदारी              (सानिसा(पीपीपी) मोडलमा चलाउन सकिएला ? वा सबै प्रक्रिया पूरा गरेर निजी क्षेत्रले उद्योग चलाउने धृष्टता राख्ला ? उद्योग, कलकारखाना सरकारले चलाउने कि निजी क्षेत्रले भन्ने विवाद भए पनि आखिर चलाउनुको त विकल्प छैन ।

–साभारःकारोबार


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda