पुनर्निर्माण कुर्दै कालिका मन्दिर र रंगमहल

पुनर्निर्माण कुर्दै कालिका मन्दिर र रंगमहल


मङ्लबार, अशोज ७, २०७६


पुनर्निर्माण कुर्दै कालिका मन्दिर र रंगमहल

गोरखा ः गारो चिरिएको छ । आधा पाटो भत्किसक्यो । झिगटी कहिकतै मात्र देखिन्छ । पानी ओत्न जस्ता छाइएको छ । गोरखा दरवार सँगै रहेको कालिका मन्दिर र रंगमहलको भवन पुननिर्माणको पर्खाइमा छन् ।
भूकम्पले क्षति पुगेका यी भवनहरु थप जिर्ण बन्दै छन् ।

रंगमहलको भवनमा बढि क्षति पुगेको छ । ‘कुनै पर्व वा जात्रामा भगवतीको प्राङगणमा नाँचगान तथा सांस्कृतिक कार्यक्रम हुन्थ्यो,’ गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषालले भने, ‘राजा  रानी त्यही रंगमहलमा बसेर झ्यालबाट हेर्ने प्रचलन थियो ।’



वल्लो दरवार देखि पल्लो दरवार जाने मुख्य ‘कनेक्सन’ बाटो समेत भएको उनले बताए । क्षति पुगेको भवनलाइ पुननिर्माणको खाँचो           छ । रंगमहल मात्र होइन कालिका मन्दिरको संरचना पनि मर्मत गर्नुपर्ने छ । ‘छानामा प्वाल परेको छ, तलको पाटेसन गारो ठाउँठाउँमा चर्किसक्यो,’ भुषालले भने । बाकी रहेका झिगटी पनि बाँदरले उप्काइदिने गरेको उनको भनाइ छ ।

‘बाँदरले झिगटी उप्काएर हैरान बनाएपछि जस्ताले चेपेका छौ,’ उनी भन्छन् । पुननिर्माण गर्ने वा प्रवलिकरण गर्ने एकीन भइनसकेको उनले बताए । ‘केन्द्रको टोलिले अध्यन गरेर गइसकेको छ, रिपोर्ट आएपछि भत्काउने वा प्रवलिकरण गर्ने भन्ने एकीन हुन्छ, अनि काम शुरु गर्छौ,’ उनले भने । रकम समेत आइसकेको उनले   जानकारी गराए । सँगै रहेको         गोरखा दरवारको भवन पुननिर्माण भइरहेको छ ।

कछुवा गतिमा काम अघि बढेको भन्दै स्थानीय आक्रोशित छन् । हाल सम्म २५ प्रतिशत पुननिर्माणको काम सम्पन्न भएको इन्जिनियर नविन पाण्डेले बताए । ‘केही दिन अघि मूल ढोका राख्यौ, भित्री ढोका र बाहिरी झ्यालको चौकोस पनि राखिसकेका छौ, गारो लगाउने काम भइरहेको छ,’ उनले भने ।

हाल चार जनाले काठमा बुट्टा भर्ने काम गरिरहेका छन् । दुइ जना दचीको काम गर्ने छन् । २०७४ कात्तिक महिनाबाट पुननिर्माणको काम शुरु भएको  हो । २०७६ मंसिर ३० मा काम सक्नुपर्ने छ । तर सम्भव  देखिदैन । म्याद थप गर्न नगर्ने केन्द्रले निर्णय गर्ने भुषाल   बताउछन् ।

पचली शिभाको जेभीसँग ठेक्का सम्झौता भएको हो । कुल चार करोड ३७ लाखको लागतमा दरवार पुननिर्माण हुन लागेको हो । आइतवार  ट्रान्स्परेन्सी इन्टरनेशनल नेपाल     गोरखाले प्राविधिक टोली सहित  दरवार पुननिर्माणको कामको  निरिक्षण गरेको छ ।

कामको प्रगति बारे  जानकारी लिइएको ट्रान्स्परेन्सी इन्टरनेशनल नेपाल  गोरखाकी कमला रानाले बताइन् । भूकम्पले क्षति पुगेका केही संरचनाको पुननिर्माण भइसकेको गोरखा                   दरवार हेरचाड अड्डा प्रमुख भुषालले जानकारी गराए । ‘बिद्या मन्दिर गत बर्ष पुननिर्माण भइसक्यो, शित्तल पार्टी यो बर्ष भत्काएर बनाउँछौ, दरवार पुननिर्माण हुदैछ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda