ग्यास र हवाइ इन्धनको मूल्य घट्यो
ग्यास र हवाइ इन्धनको मूल्य घट्यो
नेपाल आयल निगले हवाई इन्धन र खाना पकाउने एलपीजी ग्यासको मूल्य घटाएको छ । निगमले बिहिबार देखि लागु हुने गरि हवाई इन्धन र ग्यासको मूल्य घटाएको हो ।
डिजेल पेट्रोल र मट्टितेलको मूल्य भने यथावत राखेको निगमले जानकारी दिएको छ । निगमका अनुसार अन्तराष्ट्रिय उडान तर्फको लागि बिक्री गर्ने हवाई इन्धनको साविकको मूल्य १०५० अमेरिकी डलर प्रतिकिलो लिटरबाट ५० डलर प्रतिकिलो लिटरले घटाई नयाँ बिक्री मूल्य एक हजार अमेरिकी डलर प्रतिकिलो लिटर कायम गरिएको छ । निगमले एलपी ग्यासको मूल्य सिलिण्डरमा २५ रुपैयाँ घटाएको छ ।
उपभोक्ताले एक सिलिण्डर ग्यास अब १ हजार ३ सय ५० रुपैयाँमा पाउने छन् । यस्तै, पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ भने मूल्य समायोजन गरेको छैन ।
निगमले पाइपलाइन उद्घाटनकै दिन पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ घटाएको थियो ।