यात्रु बोक्ने रातो प्लेटका सवारी प्रहरीको निगरानीमा
यात्रु बोक्ने रातो प्लेटका सवारी प्रहरीको निगरानीमा
गोरखा ः जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु बोक्ने रातो प्लेटका सवारीको निगरानी बढाएको छ ।
मंगलवार तीन वटा ट्याक्सी कारवाहीमा परेका छन् ।ग २ च ७६१८, बा १८ च ४७८६ र बा १४ च ६०७३ नम्वरको नीजि ट्याक्सीलाइ नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी टिका शर्माले बताए ।
‘यात्रु नबोक्न पटक पटक भन्दा पनि अटेर गरे,’ उनले भने, आवश्यक कारवाहीका लागी यातायात व्यवस्था कार्यालय पोखरा पठाएका छौ ।’
गोरखा नगरपालिकाको आहालेबाट बजार आउँदै गर्दा चेकजाँचको क्रममा उक्त सवारीलाइ नियन्त्रणमा लिइएको उनले बताए ।
नयाँ आर्थिक बर्ष लागेसँगै यात्रु बोक्ने रातो प्लेटका २८ वटा सवारीलाइ कारवाही गरिएको उनको भनाइ छ ।
‘१९ वटा बोलेरो र ९ वटा ट्याक्सी कारवाहीमा परिसके, रातो प्लेटका सवारीले यात्रु बोकेको जनगुनासो धेरै आएपछि निगरानी बढाएका छौ,’ उनले भने ।