दशै सस्तो बजार मेला शुरु
दशै सस्तो बजार मेला शुरु
गोरखा ः दोस्रो दशै सस्तो बजार मेला शुरु भएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले वुधवार मेलाको उद्घाटन गरे । यस अघि मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङद्धारा उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । बिशेष कारणवश गुरुङ उपस्थित हुन नसकेपछि वस्नेतले पालो पाए ।
मेला उद्घाटन पश्चात बोल्दै उनले उत्तरी गोरखाको रुइला नाका खोल्ने तयारीमा प्रदेश सरकार लागेको बताए । ‘नाकाको अध्ययन गर्न मुख्य मन्त्री सहित हामी १५ गते त्यस क्षेत्र जादैछौ,’ उनले भने, ‘उत्तरी क्षेत्रको जडिवुटी र स्थानीय उत्पादनलाइ विश्व बजार सम्म जोड्ने लक्ष्य राखेका छौ ।’ बुढिगण्डकी आयोजनाबारे बोल्दै मन्त्री बस्नेतले आरुघाट र आर्खेतको मुआब्जा चाडै निर्धारण हुने संकेत पाएको बताए ।
‘मुआब्जा निर्धारणका लागी केन्द्रिय सरकार लागी परिरहेको छ, अव तपाइहरुले चाडै खुशीको खवर सुन्न पाउनुहुनेछ,’ आश्वासन दिदै उनले भने । उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले गुणस्तरिय सामान बिक्री वितरण गरेर उपभोक्तालाइ सेवा दिनुपर्ने बताए ।
कृषिबाट आर्थिक समृद्धि सम्भव रहेको भन्दै उनले खेतियोग्य जमिन बाँझो नराख्न आग्रह गरे । प्रदेशले कृषि क्षेत्रको बिकासका लागी बिभिन्न योजना ल्याएको जानकारी गराउदै उनले व्यवसायिकतामा जोड दिन सुझाए ।
चाडवाडका लागी आवश्यक सबै सामान मेलामा उपलब्ध हुने आयोजक चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । सहुलितय दरमा दैनिक उपभोग्य सामान बिक्री वितरण भइरहेको उनको भनाइ छ । मेलामा कुल एक सय ८० स्टल छन् ।
असोज १७ गते सम्म मेला चल्ने छ । धार्चे तथा चुमनुव्री क्षेत्रमा उत्पादित कृषि उपज सामाग्रीहरु पनि राखिएका छन् । मेलामा करिब ६ करोड कारोबार हुने र ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । १० दिन सम्म चल्ने मेलामा राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहनेछ । मेला उद्घाटन पूर्व झाकी सहितको ¥याली निकालिएको थियो ।
बिभिन्न जातजातीको भेषभुषा सहित आफ्नो संस्कृति झल्कने झाकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो ।