शिक्षकलाई उत्प्रेरणा तथा वाल मनोविज्ञान तालिम
शिक्षकलाई उत्प्रेरणा तथा वाल मनोविज्ञान तालिम
गोरखा ः सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटमा उत्प्रेरणा तथा वाल मनोविज्ञान तालिम सम्पन्न भएको छ ।
तीन दिन सम्म चलेको तालिममा आठ बिद्यालयका २८ जना शिक्षकको तालिममा सहभागीता थियो । असल छिमेकी नेपालको आयोजनामा तालिम भएको हो ।
शिक्षकलाइ उत्प्रेरणा जगाउदै वाल मनोविज्ञान र आधुनिक नयाँ शिक्षण विधिवारे जानकारी गराउने उदेश्यले तालिम गरिएको असल छिमेकी नेपालका कार्यक्रम संयोजक बिजय श्रेष्ठले बताए ।
पुस्तकालय सुधार कार्यक्रम अन्तरगत उक्त वडाका सात विद्यालयलाइ आवश्यक पुस्तक र फर्निचर समेत उपलब्ध गराइएको उनले जानकारी दिए ।