‘राजा’ छान्न दौड
‘राजा’ छान्न दौड
गोरखा ः जिल्लामा दशौ लिगलिगे दौड प्रतियोगीता हुने भएको छ ।
पालुङटार नगरपालिका, नेपाली सेना र लिगलिगकोट बिकास अभियानको संयुक्त आयोजनामा प्रतियोगीता हुन लागेको हो । असोज १६ गते बिहान पालुङटारको चेपेघाटबाट दौड शुरु हुने शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले जनाएको छ ।सहभागीले चेपे र मस्र्याङदी नदिको दोभान चेपेघाट देखि लिगलिगकोट दरवार सम्मको १३.८ किलोमिटरको दुरी पार गर्नुपर्नेछ ।
प्रतियोगीताको उपाधी बिजेतालाइ लिगलिगे राजा घोषित गरिने छ । श्रीपेच र पगरी सहित राजा बनाएर उनलाइ मोटरमा राखेर नगर परिक्रमा गराइने नगर प्रमुख दिपक बाबु कडेलले बताए । ‘एक रात लिगलिगे राजा बनाएर त्यो दिन उहालाइ लिगलिगकोटमा राख्छौ,’ उनले भने, ‘लिगलिगकोट एम्वेस्डरको व्याज पनि दिन्छौ, उहा एक बर्ष सम्मका लागी लिगलिगकोटको एम्वेस्डरका रुपमा रहनुहुनेछ ।’ उनलाइ ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइने कडेलले बताए ।
प्रतियोगीतामा दोस्रो र तेस्रो हुनेले क्रमश ३५ हजार र २५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने अभियानका अध्यक्ष पूर्ण रानाले बताए । दशौ स्थान सम्म हासिल गर्ने सहभागीलाइ पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए ।सोही दिन महिला तर्फ बड्डाँडाबाट लिगलिगकोट सम्मको ५ कि.मी. दुरीको खुल्ला दौड प्रतियोगीता समेत हुनेछ । पहिलो हुनेले २० हजार, दोस्रोले १२ हजार र तेस्रोले ७ हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । स्थानीय लिगलिग वासीका लागी पनि १३.८ कि.मी दुरीको दौड प्रतियोगीता रहेको छ । पहिलो हुनेले २० हजार नगद पाउनेछन् ।
दोस्रोले १२ हजार र तेस्रो स्थान हासिल गर्नेले ७ हजार नगद पुरस्कार पाउने अभियानका अध्यक्ष रानाले बताए । सोही दिन स्थानीय छात्रछात्रा र ४० बर्ष माथिका भेट्रानहरुको पनि प्रतियोगीता हुने बताइएको छ ।
प्रतियोगीता सम्पन्न गर्नका लागी २९ लाख रकम लाग्ने अनुमान आयोजकको छ । नगरपालिकाले १३ लाख रकम छुट्याएको नगर प्रमुख कडेलले जानकारी गराए । खेलकुद परिषद र टुरिजम बोर्डको तर्फबाट ५÷५ लाख रकम सहयोग प्राप्त भएको उनले बताए ।
लिगलिगकोटलाई पर्यटकिय थलोको रुपमा बिकास गरेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्रतियोगीताको गर्न लागिएको उनको भनाइ छ । प्रतियोगीताको पुरस्कार खर्च नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताए ।
आगामी बर्ष पालुङटार नगरपालिका सँगको समन्वयमा लिगलिगे दौड प्रतियोगीताको व्यवस्थापन गर्ने योजना रहेको उनले जानकारी दिए ।
नेपालीको इतिहास, संस्कृति र परम्परा प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ दौडमा यस बर्ष सहयोग गरिएको केसीले बताए ।
विविध गढि, किल्ला तथा ऐतिहासिक पदमार्गको पहिचान गरी संरक्षण र प्रवद्र्धन गर्ने अभिप्राय रहेको समेत उनले जानकारी गराए । बिसं १६०४ बाट दौडेर राजा हुने प्रचलन शुरु भएको इतिहास छ । द्रव्यशाह पनि दौडेर लिगलिगकोटको राजा बनेको इतिहास रहेको पत्रकार सम्मेलनमा बताइएको छ । प्रतियोगीतामा सहभागीहरुका लागी खाने र वस्ने व्यवस्था आयोजकले गर्ने बताइएको छ ।
सहभागी सबै धावकहरुको दश लाख रुपैयाको बिमा समेत गरिने अध्यक्ष रानाले बताए ।