चालकलाई माला, यात्रुलाई फूल :नागरिकलाई सहायता कक्ष
चालकलाई माला, यात्रुलाई फूल :नागरिकलाई सहायता कक्ष
गोरखा ः आइतवार हरमटारी चोकमा गोरखा नगरपालिकाका मेयर राजनराज पन्त चालकलाई माला पहि¥याउदै थिए । भन्दै थिए, ‘यात्रुलाइ सुरक्षित र सहज यात्रा गराउनुहोस् ।’
जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी यात्रुलाइ फुलको गुच्छा बड्न व्यस्त देखिन्थे । ‘शुभ यात्रा’ भन्दै समस्या परेमा प्रहरीलाइ खवर गर्न पनि उनले सुझाए ।
नगर उपप्रमुख, रणसिंह दल गणका गणपति, शसस्त्र प्रहरीका डिएसपी, जिल्ला ट्राफिक इन्चार्ज लगायत अन्य सरोकारवालाले सहजिकरण गरिरहे ।
सवारी चालक र यात्रु प्रति प्रहरी र जनप्रतिनिधीले यति धेरै सदभाव देखाएको सम्भवतः जिल्लामा पहिलो उदाहरण हुन सक्छ ।
चालक र यात्रु आश्चर्य सँगै अन्योल देखिन्थे । चाडवाडको समयमा यात्रुलाई सहज र सुरक्षित यात्रा गराउने लक्ष्यका साथ जिल्ला ट्राफिक कार्यालयले जनचेतनामूलक अभियान संचालन गरिरहेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयको समन्वयमा संचालित अभियान अन्तरगत आइतवार चालक र यात्रुलाइ सम्मान गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
चालकलाई माला लगाएर उनी माथि आदार मात्र होइन थप जिम्मेवारी वोध पनि गराएको एसपी अधिकारीले बताए । ट्राफिक नियमको पालना गर्न पनि संकेत गरिएको उनको भनाइ छ ।
यात्रुको सहजताका लागी हरमटारी चोकमा यात्रु सहायता कक्ष पनि स्थापना गरिएको जिल्ला ट्राफिक इन्चार्ज सुक बहादुर बिकले बताए ।
यात्रुले आफूलाइ परेको समस्याका बारेमा कक्षमा जानकारी गराउन सक्नेछन् । समाधानका लागी ट्राफिक र प्रहरीले सहजिकरण गर्ने बताइएको छ ।
‘टिकट नपाएमा, सामान हराएमा, सवारी नपाएमा, तोकिएको भन्दा बढि भाडा लिएमा र चोरीका घटना भएमा सहायता कक्षमा आएर सम्पर्क गर्नसक्नेछन्, हामी सहयोगका लागी तयार छौ,’ बिकले भने । अभियानले चालक र ट्राफिक बिचको सम्वन्धमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।