आप्रिककोट मन्दिरको पुनर्निर्माण
आप्रिककोट मन्दिरको पुनर्निर्माण
गोरखा ः आरुघाट गाउँपालिका–६ आप्रिकमा रहेको आप्रिककोट मन्दिर (कोटघर) पुनर्निर्माण भएको छ ।
२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेको थियो ।गाउँपालिका र स्थानीयको सहयोगमा ९ लाख रकम खर्चेर मन्दिर पुनर्निर्माण गरिएको हो ।
मन्दिर पुनर्निर्माणका लागी गाउँपालिकाले ३ लाख रकम उपलब्ध गराएको मन्दिर पुनर्निर्माण समितिका अध्यक्ष शेर बहादुर गुरुङले बताए ।
बाकी रकम स्थानीयले जुटाएको उनको भनाइ छ । उक्त मन्दिर विं.सं. १६९५ सालमा स्थापना भएको बताइएको छ ।