साँस्कृतिक पर्यटनको महत्व बुझौ
साँस्कृतिक पर्यटनको महत्व बुझौ
गोरखा ऐतिहासिक, धार्मिक र पुरातातित्व महत्व बोकेको जिल्ला हो । यहाँ आउने पर्यटकहरु मनोरम वातावरणको अलवा सांस्कृतिक तथा धार्मिक स्थलहरु अवलोकन गर्न समेत आउने गर्दछन् । नेपाल एकीकरणको उद्मथलोका भएकाले पनि विश्वमा गोरखाको आफ्नै पहिचान छ ।
गोरखा दरबार, गोरखा संग्राहालय, मनकामना, श्रीनाथकोट लगायत उत्तरी गोरखामा पुरातात्तिव महत्वका गुम्बाहरु छन् ।
भौगोलिक रुपमा जातजातीका आ(आफ्नै धर्मसस्कृति, भेषभुषा र सांस्कृतिक विविधता भएको रहेको पाइन्छ । यीनै विविध सस्कृतिमा रम्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । रैथाने सस्कृति जगेर्ना गर्न स्थानीयहरु लागि परेका पनि छन् । राज्यले पनि रैथाने संस्कृतिको संरक्षण र समवद्र्घन गर्न ध्यान दिन जरुरी छ ।
यसको संरक्षण, जर्गेन गर्न आवश्यक छ । हामी आफ्नो सांस्कृति प्रचार प्रसार गरेर अरुलाइ देखाएर पनि समृद्धि हासिल गर्न सकिन्छ ।
तर सम्भावना रहेको पनि उपयोग गर्न सकेका छैनन् । नयाँ पुस्ताहरुले पनि आफ्नो भाषा सस्कृतिको संरक्षण र जर्गेना गर्न आवश्यक छ । संस्कृति र परम्परासँग तालमेल मिलाउने सिक्नु नै त्यसको महत्व र संस्कृतिको ग्रहण गर्नु हो । यो कार्य निरन्तर जारी रहनु पर्छ ।
शिक्षाको विस्तारले परम्परागत मूल्यको तुलनामा विश्वका अरु देशका नागरिकले अपनाएका फेसनेबल पक्षलाई ग्रहण गर्ने स्वाभाविक मानवीय प्रवृत्तिलाई प्रोत्साहित गर्छ ।
यद्यपि यसले हाम्रो परम्परामा हस्तक्षेप गर्न सकिहालेको छैन् । त्यसैले हामी आफ्नो संस्कृतिको जर्गेना गर्दै विश्वभर प्रचार गर्न सके आवश्य पनि पर्यटन पवद्धनमा सहयोग मिल्नेछ ।
गोरखाको पर्यटनको विविधतालाई हिमाल पहाड, तराइ जंगल र धार्मिक पर्यटनका दुष्टिले मात्र हेर्नु हुदैन् । सांस्कृति सम्पदाहरुको संरक्षण र प्रचारप्रसारबाट हुने पर्यटनको विकास दियो र भरपर्दो हुन्छ ।