भाडादर यात्रुले देख्ने गरि टाँस गर्न निर्देशन
भाडादर यात्रुले देख्ने गरि टाँस गर्न निर्देशन
गोरखा ः मुख्य चाड दशैँ आउन केहि दिन मात्र वाकी रहदा जिल्लाको यातायात क्षेत्रलाई ब्यवस्थित वनाउन छलफल शुरु भएको छ ।
वुधबार वसेको जिल्लाका सरोकारवालाको वैठकले यातायात क्षेत्रलाई व्यवस्थित मर्यादित, सहज, सरल र प्रभावकारी तुल्याई यात्रुहरुलाई सुरक्षित र भरपर्दो यात्राको सुनिश्चितता गर्ने सहमती गरे ।
बैठकमा सार्वजनिक सवारी साधनहरुमा निर्धारित भाडादर सम्पूर्ण यात्रुहरुले देखिने गरि टाँस गर्ने र यात्रुहरुबाट पूर्वनिर्धारित भाडदर अनुसार मात्र भाडा उठाउने व्यवस्था मिलाउने सहमती भएको छ ।
सार्वजनिक यातायातका साधनहरु तोकिएको समयमा नै तोकिएको स्थानबाट छुटने व्यवस्थालाई कडाईका साथ पालन गर्ने र टूाफिक कार्यालयबाट अनुगमन समेत गराउने निर्णय भएको छ ।
सार्वजनिक यातायातका साधनहरुमा महिला, अपांग जेष्ठ नागरिकका लागि आरक्षित सिटहरु लक्षित समुदायका लागि नै व्यवस्था गर्ने, जेष्ठ नागरिकहरुका लागि दिईदै आएको भाडा छुटलाई पालना गर्ने सहमती भएको छ ।
बैठकमा जिल्ला भित्रका बिभिन्न स्थानहरुमा सार्वजनिक यातायातका साधानहरुको सञ्चालनका लागि अनुमति प्रदान गर्ने सम्बन्धमा अध्ययन कार्यको थालनी गर्ने बिषयमा पनि छलफल भएको छ । त्यस्तै सडकको अबस्था, महंगीदरलाई आधार मानेर निर्धारण गरिएको भाडादरलाई समय सापेक्ष निर्धारण गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भयो ।
वैठकमा प्रमखु जिल्ला अधिकारी, प्रहरी प्रमुख, यातायात ब्यवसायीका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । छलफलमा यातायात व्यवसायी हरुले आफुहरुको सेवा नाफा मूलक मात्र नभएर सेवामूलक पनि भएको भन्दै जिम्मेवार भएर यात्रुहरुलाई गन्तव्यमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
वेमौसमी झरिले ग्रामिण सडकमा सहज आउजाउ हुन सकेको छैन ।कालोपत्रे भएका बाहेक अधिकासं रुटमा सवारी मुस्कीलल सवारी चलेका छन । गोरखा सदरमुकामबाट आरुघाट, भच्चेक सडक केही महिना अघि कालोपत्रे भएकाले सवारी चलिरहेको छ ।
खोप्लाङ हुँदै पालुङटार, छोप्राक–चोरकाटे, बोर्लाङ, आर्खेत, आरुपोखरी, फुजेल, ताकुकोट, बारपाक लगायतका रुटमा भने वर्खा यता सवारी मुस्कीलले चलेका छन् ।
सवारी नचलेपछि स्थानीय हिँडेर त कोही महँगो भाडामा बोलेरो जिप चढेर यात्रा गर्न बाध्य छन् ।