अघि–अघि ठेकेदार, पछि पछि अनुमगन टोली
अघि–अघि ठेकेदार, पछि पछि अनुमगन टोली
केशव गुरुङ
गोरखा ःअघि अघि ठेकेदार, पछिपछि अनुगमन टोली । सदरमुकामको हरमटारी स्थीत खेलकुद मैदानमा जारी दशै सस्तो वजार मेलामा वुधबार यस्तै चटक थियो ।
मेलाको आठौ दिन प्रहरीको दलवल सहित पसल अनुगमनमा निक्लीएको टोलीले ठेकेदारले अघिअघि अनुगमन समिति आएको भन्दै ब्यपारीलाई जानकारी गराउदै हिडेको पक्तो पाएनन ।
मेला ब्यवस्थापनको जिम्मा पाएका ठेकेदार सरकारी प्रतिनिधिलाई चुनौती दिदै प्रत्येक पसलमा अनुगमन टोलि आएको जानकारी गराउदै थिए ।
यसो हुदा ब्यपारीले पुर्व सतर्कता अपनाए । उसो त आफै अनुगमनका लागी आउनुपर्ने समितिलाई आयोजकले अनुगमनका लागी आइदिन गुहारेको थियो ।
पारदर्शी देखाउन आयोजकले अनुगमनमा जोड दियो । मेला सकिन दुइ दिन मात्र वाकी रहदा अनुगमन पनि भयो ।
‘५०÷६० वटा स्टल हे¥यौँ’ अनुगमन समितिका संयोजक चेतप्रसाद अंगाइले भने,‘केहि पसलमा राम्रै सामान छन्, केहिमा पुराना र फेसन सकिएका कपडा विक्रिका लागी राखेको पायौँ ।’
पसल र प्यान अन्यत्र दर्ता भएको पाइएको उनले बताए । ‘ठुला होलसेल पसललेले मेलामा फेसन गएका सामान विक्रिका लागी पठाउदा रहेछन्, केहि दाग देखिएका कपडाहरु पनि छन्,यस्ता सामानको मुल्य पनि कम हुने भयो,’ उनले भने ।
केहि पसलहरु प्यानमा दर्ता नभएको र भएपनि अन्यत्र दर्ता भएको पाइएको छ । केहि ब्यपारीले प्यान पनि उपलब्ध गराउन सकेनन् ।
खाजा पसलेहरुलाई सरसफाईमा ध्यान दिन अनुगमन समितिले निर्देशन दिएको छ । ‘आइस गोला भन्ने हुदो रहेछ, के केमिकल प्रयोग भयो उल्लेख छैन, डेट पनि पाएनौँ, आजबाट विक्रि नगर्न निर्देशन गरेका छौँ,’ उनले भने
। खाजा पसलका सामाग्री धुलोबाट वचाउन तथा चाउमीन र मम वनाउने सामाग्री सुरक्षित तवरले राख्न सुझाएको उनले बताए ।
त्यस्तै भाडावर्तन विक्रिमा सय प्रतिशत नाफा खाएको पाइएको छ । ‘खरिद मुल्य एक सय १५ रहेको सिसाको गिलास दुइ सय देखि दुइ सय ५० रुपैयाँ सम्म विक्रि भएको पनि पाइयो,’ अनुगमन टोलिमा सहभागी एकले भने ।
कस्मेटिक समान पनि खरिद मुल्यपछि ५० प्रतिशत सम्म नाफा खाएर विक्रि भएको पाइएको छ । दालमोठ पनि खुल्ला रुपमा विक्रि भएको पाइयो ।
मेलामा यस अघि सेटिङमा जुवा खेलाइएको भन्दै आलोचना भएको छ । जुवा खेलाउने एक पक्राउ पनि परेका छन् । उनलाई छुटाउन स्थानीय प्रशासनलाई चर्को दवाव परेको छ ।

