छेकम्पारमा आकर्षक गुम्वा

छेकम्पारमा आकर्षक गुम्वा


बुधबार, अशोज २९, २०७६


छेकम्पारमा आकर्षक गुम्वा

चुमनुव्री गाउँपालिका–७ छेकम्पार स्थित लामागाउँमा आकर्षक गुम्वा निर्माण भएको छ ।
बौद्ध धर्मालम्वीको वाहुल्यता रहेको चुम उपत्यकामा अवस्थित उक्त गुम्वा झण्डै ६ बर्षको अन्तरालमा निर्माण सम्पन्न भएको हो । गुम्वा निर्माण सक्न १५ करोड भन्दा बढी रकम खर्च भएको छ । गत असोज १६ देखि २१ सम्म बिधिवत पुजा गरी भव्य कार्यक्रमका बिच नवनिर्मित चुम गुम्वाको उद्घाटन गरिएको वडाध्यक्ष पासाङ लामाले बताए । गुम्वा निर्माणका लागी टुटफुट हुन सक्ने सम्भावित सामग्री हेलिकप्टर चार्टर गरी ढुवानी गरिएको हो । ‘स्थानीय स्तरमा पाइने सामग्रीको अधिकतम प्रयोग गरेका छौ,’ लामाले भने, ‘रड, सिमेन्ट लगायतका आवश्यक सामग्री केही तिव्वतबाट चौरीमा बोकाएर ल्यायौ भने केही आर्खेतबाट खच्चडमा बोकाएर ल्याएका हौ ।’ २०७० सालबाट गुम्वा पुननिर्माणको काम शुरु भएपनि २०७२ बैशाख १२ को भूकम्पपछि एक बर्ष काम रोकिएको थियो । २०७३ सालबाट पुन कामलाइ निरन्तरता दिएर निर्माण सम्पन्न गरिएको लामाले टेलिफोनमा बताए । उक्त गुम्वामा बसेर १७ बालबालिकाले अध्ययन गर्दै आएका छन् । गुम्वा परिसरबाटै स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको छ । गुम्वामा नियमित पुजाको अतिरित्त बर्षमा एक पटक बिशेष पुजा पनि हुने लामा बताउछन् । सडक संजालले नजोडिएको चुमनुव्री गाउँपालिका को छेकम्पारमा स्थानीयको अगुवाइमा आकर्षक गुम्वा निर्माण भएसँगै पर्यटक आवागमनमा वृद्धि हुने अपेक्षा राखिएको छ । छेकम्पार अहिंसा क्षेत्रको रुपमा पनि परिचित छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda