९० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न
९० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ जिमालीका अनुसार जिल्लामा ९० प्रतिशत निजी आवास पुननिर्माण सम्पन्न भएको छ ।
भूकम्प पश्चात सम्झौता गरेका ६५ हजार ८ सय १९ पूर्ण लाभग्राही मध्य ५५ हजार ४ सय ६४ जनाले अनुदान रकमको तेस्रो किस्ता लगिसकेको जिमाली गोरखा प्रमुख रामशरण आचार्यले बताए । सबैभन्दा बढी गोरखा नगरपालिकामा ९ हजार ९७ पूर्ण लाभग्राही छन् ।
उनीहरुमध्य ८ हजार ३ सय ४१ जनाले तेस्रो किस्ता लगिसकेको जिमालीको तथ्याङ्कले जनाएको छ । सबैभन्दा थोरै लाभग्राही चुमनुव्री गाउँपालिका मा रहेका छन् । दुइ हजार २६८ पूर्ण लाभग्राही मध्य एक हजार ६ सय ६२ जनाले तेस्रो किस्ता लगिसकेका छन् ।
८ हजार ६९९ पूर्ण लाभग्राही रहेको पालुङटार नगरपालिकामा हाल सम्म ६ हजार ६६९ जनाले तेस्रो किस्ता लगेका छन् । आरुघाट गाउँपालिकाका ६ हजार ७ सय ५० लाभग्राही मध्य ५ हजार ९०८ जनाले तेस्रो किस्ता पाएका छन् ।
अजिरकोट गाउँपालिकामा ३ हजार ७१० जनाले तेस्रो किस्ता लगेका छन् । कुल लाभग्राही संख्या ४ हजार ८७ रहेको जिमालीले जनाएको छ । ६ हजार ६७० लाभग्राही रहेको भिमसेन थापा गाउँपालिकामा ५ हजार ४११ जनाले तेस्रो किस्ता पाइसके ।
धार्चे गाउँपालिकामा रहेका कुल ३ हजार ८९५ लाभग्राही मध्य ३ हजार ३३१ जनाले तेस्रो किस्ता पाइसकेका छन् । गण्डकी गाउँपालिकामा रहेका ५ हजार १७६ लाभग्राही मध्य ३ हजार ६६३ ले तेस्रो किस्ता लगेका छन् । ५ हजार ९२६ लाभग्राही मध्य सिरानचोकमा ५ हजार २९४ ले तेस्रो किस्ता लगिसके ।