सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ ।
यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एगप्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन ।
न्यूज पोर्टल एक्स बिजका अनुसार फेसबुक तथा इन्स्टाग्रामले पछिल्लो कदमसँगै यौनकर्मीहरुलाई लक्षित गरिरहेको छ र आफ्नो प्लाटर्फमलाई यस्ता सामाग्रीबाट मुक्त गर्न चाहन्छ ।
कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले सेक्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको छ । by onlinekhabar