गोरखा प्रहरीः इमान कमाउँदै छ की बदनाम ?

गोरखा प्रहरीः इमान कमाउँदै छ की बदनाम ?


आइतवार, कार्तिक १७, २०७६


गोरखा प्रहरीः इमान कमाउँदै छ की बदनाम ?

बिकास मरहट्टा

प्रहरी उपरीक्षक (एसपी)ले जिल्लाको प्रहरी कमाण्ड सम्हालेको लामो इतिहास गोरखामा छैन । आज भन्दा पाँच बर्ष अघिसम्म प्रहरी नायव उपरीक्षक (डिएसपी) कै नेतृत्व  थियो । २०७२ सालमा गोरखा लगायत केही जिल्लामा एसपी खटाउने निर्णय गृहमन्त्रालयबाट भयो ।



प्रहरी प्रमुखको रुपमा एक तह माथिल्लो अफिसर पाउने भएपछि जिल्लावासीमा केही उत्साह थपिनु स्वभाविक नै हो । शान्ति सुरक्षा लगायत प्रहरीले गर्ने अन्य काम थप चुस्त दुरुस्त हुने अपेक्षा धेरैले गरे ।

तर त्यस यता प्रहरीले गरेको काम कारवाहीलाई मूल्याङ्कन गर्ने हो भने जिल्लामा एसपीको नेतृत्व ‘हात्ति आयो हात्ति आयो फुस्सा’ भनेजस्तै छ ।

अहिले सम्म चार वटा एसपीको कार्यकाल जिल्लाले भोगिसक्यो । पाँचौ एसपीको रुपमा ओम प्रसाद अधिकारी छन् । तर एसपीको कमाण्ड सम्हालेको प्रहरी संगठनले गर्ने कामबाट जिल्लावासी वास्तविक रुपमा सन्तुष्ट हुन सकेको देखिदैन ।

हुन त जिल्लावासीको अपेक्षा पनि धेरै भएर होला । एक तह माथिल्लो अफिसर आउदैमा कायापलट नै हुन्छ भन्ने छैन । कार्यशैली फरक होला तर काम गर्ने संगठन उही हो । स्विच थिचेर वत्ती बाले जस्तो परिवर्तन एकै पटक हुदैन ।

यो बिस्तारै हुदै जाने हो । तर त्यही परिवर्तनको संकेत पनि अहिलेको प्रहरी प्रमुखबाट हुन नसकेपछि जिल्लावासी निराशा छाएको छ । जिल्लावाट सरुवा भएर गइसकेका एसपीहरुको कुरा           छाडौ ।

अहिले नेतृत्व सम्हाली  रहेका एसपी अधिकारकै प्रसँग     जोडौ । यस अघि अपराध अनुसन्धान बिभाग काठमाण्डौमा रहेर काम गर्दै आएका उनले जिल्ला आएसँगै केही सफलता पाए ।

जिल्ला आएको केही दिनमै उत्तरी गोरखाको धार्चे गाउँपालिका खोर्लावेशीमा लुकाएर राखेको १६ किलो सुन फेला प¥यो । ‘काम गर्ने कालु मकै खाने भालु’ भने झै जिल्लाका यस अघिका एसपी भोला रावलको मेहनतलाइ ओझेलमा पार्दै उनी आफूलाइ नायक सावित गर्न पछि परेनन् ।

सफलताको अन्तिम चरणमा पुगिसकेका एसपी रावल सरुवा भएपछि एसपी अधिकारी उक्त कामको जस पाउन सफल भए । सुन समातेर ठुलै नाक  गरेका एसपी अधिकारी लगतै आलोचित बन्न थाले । जिल्लामा चोरीका घटनाहरु बढ्ने क्रम तिव्र रह्यो ।

दिनदहाडै घर र पसलबाट मोवाइल, टिभी हराउन थाले । घरभित्रैबाट गहना चोरी हुन थाल्यो । हत्याहिंसा बढे । चावी लगाएर घरभित्र बसेकाहरु समेत आफूलाइ सुरक्षित महशुस गर्न सकेनन् ।

सुरक्षित महशुस गराउन नसक्नुमा प्रहरी प्रशासनकै दोष हो भन्दा कुनै दुइ मत नहोला । हुन त जिल्लामा केही घटना घट्यो भन्दैमा प्रहरी प्रशासन कमजोर भयो भनेर आकलन गर्नु उचित नहोला ।

घटना नघट्ने हो भने प्रहरीको आवश्यकता पनि हुदैन । तर घटनाले निरन्तरता पाउनु दुखद हो । यसमा प्रहरी शान्ति सुरक्षा कायम गर्न चुकेकै देखिन्छ ।

यो त चोरीका कुरा भए । अब कुरा जुवातासको । भरखरै चाडवाड सकिएको छ । दशैमा भन्दा तिहारमा बढी जुवातासको खेल हुन्छ भन्ने कुरा जगजायर नै छ । देशभर जुवाडेहरु पक्राउ               परेका समाचार वाहिर आइरहेका छन् । तर गोरखामा भने जुवातास खेलेर समातिएको घटना कही कतै सुनिएन ।

के साच्चै गोरखामा जुवातासको खेल नै नभएको हो त ? यो अपत्यारिलो कुरा हो । चाडवाडको समयमा मात्र होइन अन्य बेलामा पनि सदरमुकाम आसपासकै बन्द कोठाहरुमा दिनहूँ जसो जुवातासका ठुलै खालहरु भइरहेका हुन्छन् ।

प्रशासन आसपासै भइरहेको जुवाका खालहरु बारे साच्चै प्रहरी अनविज्ञ नै छ    त ? यदी प्रहरीलाई थाहा छैन भने यो लज्जास्पद कुरा हो । यसबाट प्रहरी प्रशासन कमजोर छ भन्ने सबैले तर्क गर्न सक्छन् । यदी होइन भने अर्काे शंका उत्पन्न हुन्छ, कतै प्रहरीकै मिलेमतोमा जुवातासको खालहरु भइरहेका त छैनन् !

बजारमा अहिले प्रहरीमाथि निकै गम्भिर आरोप लागेको छ । पैसा लिएर जुवातास खेलाउन दिएको भन्ने कुरा व्यापक छ । प्रति खाल वापतको रकम प्रहरी प्रशासनमा पुग्छ ।

त्यो पनि संगठनकै केही व्यक्ति मार्फत । अनि जुवातासको ठुलै खाल भइरहँदा पनि चुपचाप बस्छ प्रहरी । यदी यो आरोप झुठो हो भने प्रशासन आसपासका क्षेत्रमै खुलेआम हुने जुवातासका खालहरुमा पुग्न किन सक्दैन   प्रहरी ! पैसाको सेटिङमा कतै  प्रहरी प्रशासन नै मौन बसेको त होइन ? यो आम जिल्लावासीको प्रहरी प्रशासनलाई प्रश्न छ ।

के यो आरोपलाइ चिर्न प्रहरी सफल हुन सक्ला ? हुन त समातिएका जुवाडेहरुलाइ पनि भनसुनको आधारमा प्रहरीले छाड्ने गरेको घटनाहरु पनि जिल्लामा ताजै                 छन् । यो प्रहरी प्रशासनको अर्काे कमजोरी हो ।
प्रहरीले गरेको काम  कारवाहीलाइ हेर्दा ठुलालाई चैन, सानालाइ ऐन भन्ने नेपाली उखानसँग मेल खान पुग्छ । भनसुनकै आधारमा पहुँचवाला व्यक्तिहरुले गरेको अपराध ढाकछोप गरेर उन्मुक्ति दिने काम पनि            भइरहेकै छन् ।

अवका दिनमा  प्रहरी प्रशासनले यस्तो कामलाइ निर्मुल पार्न सक्नुपर्छ । होइन भने प्रहरी प्रतिको बिश्वास नागरिकबाट गुम्दै जाने छ । सबैको काम गर्ने शैलि एउटै हुदैन । काममा भन्दा भाषण र प्रशिक्षण दिन बढी नै रुची राख्छन् एसपी अधिकारी ।

उनको कुरा सुन्दा लाग्छ जिल्लामा अव शान्ति सुरक्षा र सुव्यवस्था कायम गराउन कुनै समस्या छैन । नागरिकको सुरक्षामा प्रहरी २४ सै घण्टा खटिएको भान गराउछन् । तर कुराले मात्र जिल्लाको शान्ति  सुरक्षा कायम कहाँ हुन सक्ला र ? यसको उदाहरण अहिले जिल्लाको परिवेशले बताइरहेको छ ।

गोरखा जिल्लालाइ कार्यथलो बनाउन चाहने प्रहरी अफिसर बिरलै हुन्छन् भन्ने सुनिन्छ । राजनितिक   बिचार, आस्था र निकटताका आधारमा नेतृत्वको जिम्मेवारी दिएर जिल्लामा खटाइन्छ ।

अनि काममा बिस्तारै राजनितिक प्रभाव देखिनु अस्वभाविक मान्न सकिन्न ।    राजनितिक आस्था र बिचार जे भएपनि कुनै संगठनको नेतृत्व सम्हालिसकेपछि काममा सन्तुलन देखाउन नसक्नु आफैका लागी घातक हुन्छ । उठवस गरिरहेका व्यक्तिहरुकै कारण आफू आलोचित हुनुपर्ने अवस्था आउँछ की भन्ने बारेमा पनि नेतृत्वले सोच्नु जरुरी हुन्छ ।

भलै अहिलेका एसपी अधिकारीमा अहिले सम्म त्यो संकेत नदेखिएको होला तर बेलैमा सतर्क नहुने हो भने त्यो अवस्था पनि नआउला भन्न सकिन्न । हुन त उक्त पदमा पुगिसकेको व्यक्तिलाई यस बिषयमा राम्रै जानकार             होला । नभएपनि जानकारी लिनु आवश्यक छ । होइन भने नेतृत्वले गरेको गल्तीबाट पुरै संगठन वदनाम हुन पुग्छ ।

अपराधिक क्रियाकलाप, तस्करी जिल्लामा फष्टाउदो छ । नियन्त्रणमा प्रहरीले चासो नदिएको हो वा प्रहरीकै मिलेमतो छ त्यो भने चाही आगामी दिनमा  प्रहरीको कार्यशैलीले बताउला ।

तर केही प्रहरी कर्मचारीको तस्करहरुसँगको उठवस देख्दा    प्रहरी प्रशासनकै मिलेमतोमा   तस्करी भइरहेको हो की भन्ने आशंका उब्जनु स्वभाविक हो । यसमा पनि प्रहरी प्रशासन सजग रहनैपर्छ ।

अन्तत जिल्लामा शान्ति   सुरक्षा र सुव्यवस्था कायम गर्न प्रहरी प्रशासन एक्लैको पहलले सम्भव छैन । एक्लैले सागर थाम्न सकिदैन भने झै स्थानीय र अन्य निकायको साथ, सहयोग र सल्लाह सुझाव लिन पनि सक्नुपर्छ ।

आफै मै जान्ने भनेर अहम भावना लिने हो भने डिआइजीले नै जिल्लाको प्रहरी संगठनको नेतृत्व सम्हाले पनि कुनै औचित्य रहदैन ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda