लाप्राकको मकै विहेले जित्यो ‘आदिम फिल्म क्रियटिभ’ पुरस्कार
लाप्राकको मकै विहेले जित्यो ‘आदिम फिल्म क्रियटिभ’ पुरस्कार
गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा हुने खाद्य बाली मकैको विवाह सम्बन्धी परम्परागत बृत्तचित्रले आदिम फिल्म व्रिmयटिम पुरस्कार पाएको छ ।
काठमाडौ सोमबार सम्पन्न भएको आठौ नेपाल अफ्रिका फिल्म फेस्टिबलमा प्रदर्शन गरिएको मकै विहेले पुरस्कार हात पारेको हो ।
मकैको विवाह सम्बन्धी ५ मिनेटको उक्त बृत्तचिको निर्माण तथा निर्देशन गोरखाका पत्रकार भीमलाल श्रेष्ठले गरेका हुन् । नोभेम्बर २ देखि ४ सम्म राष्ट्रिय नाँचघर जमलमा भएको ३ दिने फेस्टीबलमा नेपाल सहित विभिन्न देशका गरी कूल २५ वृत्तचित्रको प्रदर्शन गरिएको थियो ।
महोत्सवमा नेपाल सहित नाइजेरिया, केन्या, घाना, साउन अफ्रिका, इजिप्ट, जिम्बाबे, नर्वे, जर्मनी लगायत देशका बृत्तचित्र प्रदर्शन गरिएको आयोजनकले जनाएको छ ।
उत्तरी गोरखाका लाप्राक, गुम्दा, लापु, सिङला लगायतका ठाउँहरुमा मकै रोप्नु अघि बर्षेनी मकै विवाह हुने गर्छ ।
मकै विवाह सम्बन्धी बृत्तचित्र यस अघि वि विइल राइज फाउण्डेशनले गरेको मेरो गाउँ मेरो ठाउँ राष्ट्रिय वृत्तचित्र प्रतियोगितामा उत्कृष्ट स्क्रीप्ट अवाड पनि पाइसकेको छ ।