भारतीय हस्तक्षप बिरुद्ध ज्ञापनपत्र
भारतीय हस्तक्षप बिरुद्ध ज्ञापनपत्र
गोरखा ः नेपालको भूभागलाइ आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चौतर्फी बिरोध भएको छ ।
लिम्पियाधुरा देखि लिपुलेख सम्मको नेपाली भूमीलाइ समेटेर नक्सा सार्वजनिक गरेको बिरुद्ध नेकपा निकट जिल्लाका बिद्यार्थी र युवा संगठनले ध्यानाकर्षण भएको जनाएका छन् ।
बिहीवार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाइ संयुक्त रुपमा ज्ञापनपत्र बुझाउदै उनीहरुले कालापानी र सुस्ताको सिमा विवाद मिलाउन गठन भएको परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठक एकपटक पनि नबसी भारतको एकतर्फी रुपमा नक्सा सार्वजनिक गरेको भन्दै बिरोध जनाएका हुन् ।
युवा संघ, वाइसियल, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्र मार्फत विस्तारवादी भारतले नेपालको भूमि नछाडे प्रतिकारमा उत्रने चेतावनी दिइएको छ ।