मंसिर २५ मा लाप्राकीलाई घर

मंसिर २५ मा लाप्राकीलाई घर


शुक्रबार, कार्तिक २२, २०७६


मंसिर २५ मा लाप्राकीलाई घर

विकास मरहट्टा

गोरखा ः एकीकृत नमूना वस्तीका घरहरुको चावी आगामी मंसिर २५ गते लाप्राकीलाइ बुझाइने भएको छ ।
आम भेला गरेर सबै घरहरुको चावी गाउँपालिकालाई बुझाउने गैर आवासीय नेपाली संघ                 (एनआरएनए) ले जनाएको छ ।



‘वस्ती निर्माणको व्यवस्थापन पक्ष गाउँपालिकालाई यसअघि     हस्तान्तरण गरिसकेका छौ,’    एनआरएनएका इन्जिनियर लक्ष्मण अर्यालले भने, ‘मंसिर २५ गते सबै घरको चावी पालिका अध्यक्षलाइ बुझाएर हामी त्यहाबाट              निस्कन्छौ ।’

शौचालय निर्माण सकेर घरको चावी बुझाउने तयारीमा एनआरएनए छ । वस्तीमा अहिले शौचालय निर्माणको काम भइरहेको जानकारी गराउदै अर्यालले भने, ‘७० वटा शौचालयको संरचना तयार भइसक्यो, प्यान राख्न मात्र बाकी छ, आगामी सोमवार प्यान आउछ, मंगलवारबाट प्यान राख्ने काम शुरु गर्छाै ।’ ३ सय ७० वटा घरमा शौचालयको सेफ्टि ट्यांकी निर्माण भइसकेको उनले बताए ।

निर्माण सामग्री अभावका कारण  रोकिएको काम गत आइतवारबाट शुरु भइसकेको उनले जानकारी दिए । गुप्सीपाखा स्थित करिव १८.३७ हेक्टर वनको क्षेत्रफलमा लाप्राकीका लागी ५ सय ७३ घर बन्दै छन् ।

मंसिर मसान्तबाट वस्ती निर्माण र सुरक्षामा खटिएको नेपाली सेना पनि त्यहाबाट हट्ने रणसिंह दल गणका गणपती उज्वल केसीले बताए ।

वस्ती निर्माणका लागी नेपाली सेनाले करिव ५ करोड            रकम बराबरको श्रमदान गरेको उनको भनाइ छ । वस्ती निर्माणको काम भने अझै सम्पन्न भएको       छैन ।

कतिपय घरको दोस्रो तलामा काठ छाउने काम हुन नसकेको एनआरएनएले जनाएको छ । काठ ढुवानीमा समस्या भएको इन्जिनियर अर्यालले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda