भारतको नयाँ नक्साबिरुद्ध प्रद्र्धशन
भारतको नयाँ नक्साबिरुद्ध प्रद्र्धशन
गोरखा ः नेपालको भू–भागलाइ समावेश गरी भारतले आफ्नो नक्सा सार्वजनिक गरेको भन्दै जिल्ला सदरमुकाममा बिरोध प्रद्र्धशन भएको छ ।
सत्तारुढ नेकपा निकट युवा तथा बिद्यार्थी संगठनले संयुक्त रुपमा शुक्रवार सदरमुकामको हरमटारी चोकमा बिरोध कार्यक्रम गरेका हुन् ।
कोणसभामा बोल्ने वत्ताहरुले नक्साबाट नेपालको भूमी नहटाए चरणवद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् । भारतीय बिस्तारवादले नेपालको लिम्पियाधुरा देखि लिपुलेकसम्मको भूमी अतिक्रमण गरी नेपालको अखण्डतामाथि ठाडो हस्तक्षप गरेको भन्दै तत्काल कूटनितिक पहल मार्फत सच्याउन सरकारसँग उनीहरुले माग गरेका छन् ।