चोरीको आरोपमा तीन पक्राउ
चोरीको आरोपमा तीन पक्राउ
सुनका गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बारपाक सुलिकोट–८ का २३ वर्षीय वाघे भनिने सुमन बराम, गोरखा नगरपालिका–५ का २१ बर्षीय राज कुमार नेपाली, सोहि ठाउँका २० बर्षीय राज कुमार मग्राती रहेको एसपी ओम प्रसाद अधिकारी बताए । वरामलाई घ्याम्पेशालबाट पक्राउ गरिएको उनले बताए ।
नेपाली र मग्रातिलाई भने गोरखा नगरपालिकाबाटै पक्राउ गरिएको अधिकारीले बताए । उनीहरुको साथबाट रानीहार, औठी, सिरबन्दी, तिलहरी चन्द्रमा, मुन्द्री जोडी एक÷एक थान, फुली दुइ थान, चाँदीका ब्रासलेट र सिव्रmी एक÷एक थान बरामद भएको एसपी अधिकारीले बताए ।
अधिकारी अनुसार उनीहरु गत बुधबार गोरखा नगरपालिका–६ ध्रव कुमार भट्टको घर भित्र बसी दराज भित्र रहेको सुनका गरगहना चोरी गरेर फरार भएका थिए ।
प्रक्राउ परेका तीन जनालाई चोरी सम्बन्धी कसुर शिर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय गोरखा वजारमा चोरीका घटना वढेसगै स्थानीय त्रसि द वनेका छन् । सदरमुकाम क्षेत्रमै श्रृङखलावद्घा चोरीका घटना वढेसँगै प्रहरीको आलोचना हुदै आएको थियो । प्रहरीले भने विषेश सुरक्षा योजना बनाएको दावी गरेको छ ।