मंसिर ५ बाट नगर बस संचालन
मंसिर ५ बाट नगर बस संचालन
विकास मरहट्टा
गोरखा ः मंसिर ५ गतेबाट गोरखा नगरपालिकामा नगर वस संचालन हुने भएको छ ।
नगर क्षेत्रका बिभिन्न रुटमा दश वटा नगर बस संचालन गर्न लागिएको पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिले जनाएको छ ।
‘नगरपालिकासँग सम्झौता भइसकेको छ,’ प्रालिका गोरखा कार्यालय प्रमुख राजन ढुङ्गानाले भने, ‘अनुमति पनि पाइसक्यौ ।’ घलाङ–नारेश्वर हुदै नगरपालिकाको कार्यालय, छापथोक देखी नगरपालिकाको कार्यालय, नगरपालिकाबाट फिनाम–ताप्ले हुदै छापथोक र छेवेटारबाट नगरपालिकाको कार्यालय सम्मको रुटमा नगर बस संचालन हुने उनले बताए ।
त्यस्तै गोरखकाली दरवार–सतिपिपल–पस्लाङ–रोहोटेपानी हुदै नगरपालिका कार्यालय, देउरालीबाट नगरपालिका कार्यालय, पिपलथोक–पन्थेधारा–रानीवन हुदै नगरपालिका कार्यालय, मान्द्रेढुङ्गा–गोरखा क्याम्पस–खिरेपानी हुदै नगरपालिका कार्यालय सम्म घुम्ती सेवा शुरु हुने ढङ्गानाको भनाइ छ ।
ढुङ्गागाडे–आहाले–कट्टेलडाँडा हुदै नगरपालिका कार्यालय, गोरखा बजार परिक्रमा र नगरपालिकाबाट बसपार्क– नारेश्वर–मेलबिसौना–डेरागाउँ–फिनाम हुदै नगरपालिकाको रुटमा पनि बस चल्ने उनले बताए ।
बिहान आठ बजेदेखी वेलुकी साडे चार बजेसम्म नगर बस संचालन हुने जानकारी गराउदै ढुङ्गानाले भने, ‘कुन सवारी कहाँ जाने भनेर गाडीको अग्र भागमा प्रष्ट देखिने गरी लेखिन्छ ।’सरकारको नियम अनुसार भाडादर निर्धारण गरिने बताइएको छ ।