पुस्तकालय संचालनका लागी पुस्तक र फर्निचर सहयोग
पुस्तकालय संचालनका लागी पुस्तक र फर्निचर सहयोग
गोरखा ः धार्चे गाउँपालिका–४ लाप्राक स्थित मणिकामदेवी माध्यमिक विद्यालयलाई पुस्तक र फर्निचर सहयोग गरिएको छ ।
कर्म फ्लाइटस् नेपाल नामक संस्थाले विद्यालयले संचालन गरेको पुस्तकालयका लागी उक्त सामग्री सहयोग गरिएको हो ।
एक लाख ८७ हजार रकम बराबरको पुस्तक र फर्निचर प्राप्त भएको प्रधानाध्यापक धन बहादुर गुरुङले बताए । एक विद्यालय एक पुस्तकालय परियोजना अन्तर्गत सहयोग गरिएको संस्थाका प्रेम बहादुर कुवरले जानकारी दिए ।
२०७२ सालको भूकम्पले क्षति पुगेसँगै विद्यालयको पुस्ताकालय संचालनमा आउन सकेको थिएन ।
विगतमा पनि संस्थाबाट शैक्षिक सामाग्रीहरु सहयोग प्राप्त भएको प्रअ गुरुङले बताए । कार्यक्रममा वडा अध्यक्ष राज गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किसान गुरुङ, कर्म फ्लाइटस्का प्रेम बहादुर कुवर, एडुकेट नेपालका रविन्द्र शाह लगायतले मन्तव्य राखेका थिए ।
सहयोग प्राप्त भएको पुस्तक र फर्निचरबाट पुस्तकालय संचालन का लागी सहयोग पुग्ने बिद्यालयले जनाएको छ ।