मुटुरोग शिविरमा ८ सय ४७ जनाले सेवा लिए
मुटुरोग शिविरमा ८ सय ४७ जनाले सेवा लिए
गोरखा ः गोरखा अस्पतालमा सोमवार भएको मुटुरोग शिविरमा ८ सय ४७ जनाले सेवा लिएका छन् ।
जयन्ती मेमोरियल ट्रष्टको समन्वयमा रोटरी क्लव अफ गोरखा तथा रोट्र¥याक्ट क्लब अफ गोरखाको आयोजनामा शिविर भएको हो ।शिविरमा दुइ सय २ जनाले इको, ३ सय ४२ ले इसिजी सेवा लिएको रोटरी क्लब अफ गोरखाका उपाध्यक्ष कृष्ण ढकालले बताए ।
थप उपचारका लागी १७ जनालाइ रिफर गरिएको उनले बताए ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथेरासिस भास्कुलर ट्रान्सप्लान्ट सेण्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला लगायतको टोलिले शिविरमा मुटु जाँच गरेका थिए ।
शिविरमा अमेरिकाका चर्चित मुटुरोग विशेषज्ञको समेत सहभागिता रहेको थियो । रोटरी क्लब अफ गोरखाले यस अघि पनि मुटु शिविर गर्दै आएको छ ।