पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष


बिहिबार, मंसिर ५, २०७६


पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड नेकपाको कार्यकारी अध्यक्ष

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ ।
साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै             रहनेछन् । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट            गरेको हो । जसअनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । प्रतिनिधिसभा को यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । उनले अघि भने, ‘अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने, अध्यक्ष प्रचण्ड      कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ । बैठक संयुक्त अध्यक्षतामा सञ्चालित हुनेछ ।’
उनका अनुसार पार्टी र               सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गर्नेछन् भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ । तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो । सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गरेका थिए । दुई नेताबीच सोमबार भएको भेटमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारी अध्यक्षसहित प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
तर ओलीले सहमति जनाएका थिएनन् । बुधबार विहान भएको भेटमा भने सहमति जुट्यो । लगतै दुई अध्यक्ष राष्ट्रपति विद्या               भण्डारीलाई भेट्न पुगेका  थिए । त्यसपछि बसेको सचिवालय बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँटबारे औपचारिक निर्णय नै गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda