गाउँपालिका अध्यक्ष कप कराँते प्रतियोगीतामा गोरखालाई तीन पदक
गाउँपालिका अध्यक्ष कप कराँते प्रतियोगीतामा गोरखालाई तीन पदक
गोरखा ः बाग्लुङको बडि गाउँपालिका–५ मा भएको गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगितामा गोरखाले तिन पदक जितेको छ ।
मंसिर १ र २ गते भएको प्रतियोगीतामा दुइ स्वर्ण र एक कास्य पदक जितेको नेपाल सितोरियो कराँते गोरखा मेन डोजोका प्रमुख प्रशिक्षक ग्याम्जो लामाले बताए ।
५५ केजी तर्फ सक्षम लामा र ५० केजी तर्फ अनिता घलेले स्वर्ण पदक हात पारेको उनले जानकारी दिए । ५० केजी तर्फ बुद्ध लामाले कास्य पदक जित्न सफल भएको उनले बताए ।
बडिगाड डोजो वाग्लुङको आयोजनामा भएको प्रतियोगीतामा गोरखाका पाँच खेलाडीको सहभागीता रहेको थियो ।