भूकम्पले भत्केका ९ चौकी पुननिर्माण भएनन्
भूकम्पले भत्केका ९ चौकी पुननिर्माण भएनन्
भूकम्पले क्षति पुगेका जिल्लाका ९ प्रहरी चौकी भवन पुननिर्माण हुन सकेको छैन ।
स्रोत अभावका कारण पुननिर्माण हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २०७२ सालको भूकम्पका कारण २२ वटा प्रहरी चौकी भवनमा क्षति पुगेको थियो । हाल सम्म १३ वटा भवन पुननिर्माण भएको डिएसपी मित्रवन्धु शर्माले बताए ।
‘त्यस मध्य ११ वटाको उद्घाटन भइसक्यो, बाँकी दुइ वटा उद्घाटन हुन बाँकी छ,’ उनले भने । मंगलवार बारपाक प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेले उद्घाटन गरेका हुन् ।
एक करोड ४५ लाख लागतमा भवन निर्माण भएको प्रहरीले जनाएको छ । वालुवा र चनौटेको चौकी सोमवार उद्घाटन भइसकेको छ ।