विप्लवका स्याङजा जिल्ला सदस्य पक्राउ
विप्लवका स्याङजा जिल्ला सदस्य पक्राउ
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका स्याङजा जिल्ला सदस्य सागर अर्याल पक्राउ परेका छन् ।
भिरकोट नगरपालिका–१ का ४८ बर्षिय अर्याललाइ सोमवार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा नगरपालिकाको मझुवाबाट पक्राउ परेका उनी बिरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी मित्रवन्धु शर्माले बताए ।
हाल प्रहरी हिरासतमा विप्लवका पाँच जना कार्यकर्ता रहेको उनले जानकारी दिए ।