चार महिनामा पाँच महिला वलात्कृत
चार महिनामा पाँच महिला वलात्कृत
केशव गुरुङ
चार महिनाको अवधिमा पाँच महिला वलत्कृत भएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणी ५ मुद्घा दर्ता भएका हुन् ।
जवरजस्ति करणी उद्योग ३ र बालयौन दुरुपयोग १ मुद्घा दर्ता भएको प्रहरीले जनाएको छ । पछिल्लो समय वलत्कार र वलत्कार प्रयासका घटना जिल्लामा वढेका छन् । महिला हिसां र यौन दुब्र्यवहारका घटना न्यूनिकरणका लागी सचेतनामुलक कार्यक्रमलाई तिव्रता दिनुपर्ने देखिएको छ ।
त्यस्तै चार महिनाको अवधिमा जिल्लामा २४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको चार महिनामा २३ जना झुण्डिएर र एक जनाले हाम फालेर आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आत्महत्याको घटना हेर्दा सानो झगडालाइ ब्यबस्थापन गर्न नसक्ने र डिप्रेसन भएकाहरुले पनि आत्महत्याको वाटो रोज्ने गरेको पाइएको छ । केहि बदनामि कमाएका र दिर्घकालिन योजना नभइ तत्काल भनिएका कुराबाट आत्मवल कमजोर भएका ब्याक्तिहरुले आत्महत्या गर्ने गरेको केहि घटनाले देखाउछ ।
यसलाइ निराकरण गर्न मनोबल उच्च राख्नुपर्ने, घर परीवार र समाजले पनि भुमीका निर्वाह गर्नुपर्ने लगायतका उपाय अपनाउन सकिने सरोकारवाला बताउछन् ।
चार महिनाको अवधिमा सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्धामा २० वटा मुद्धा दर्ता भएका छन् । यी मध्ये १८ वटा फर्छौट र २ वटा विचाराधीन रहेको प्रहरीले जनाएको छ ।सार्वजनिक हित विरुद्धको कसुरमा १० वटा मुद्धा दर्ता भएकोमा ८ वटा फर्छौट भएको र २ वटा विचाराधीन रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चोरी सम्बन्धी ४ वटा मुद्धा दर्ता भएकोमा ३ फर्छौट भएका छन् भने र १ विचाराधीन रहेको प्रहरीले जनाएको छ । त्यस्तै फुटकर ज्यान मुद्धा २, भवितव्य ज्यान मुद्धामा ७ र सवारीबाट भवितव्य ज्यान मुद्धामा १ र नकवजनी चोरी का १ मुद्घा भने विचाराधीन रहेको कार्यालयले जनाएको छ ।
कार्यालय तथ्याङ्गका अनुसार कर्तव्य ज्यान मुद्धामा ३, बहुविवाह ४, हातहतियार खरखजनामा १, जुवा २, चन्दा असुली सम्बन्धी कसूरमा १ मुद्धा चालु वर्ष दर्ता भए ।
चार महिनामा ९१ मुद्धा दर्ता भएको ५१ वटा मुद्धा फर्छौट भएको प्रहरीले जनाएको छ ।४० वटा मुद्धा विचराधीन रहेको कार्यालयले तथ्याङ्गमा उल्लेख छ ।