महिला हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम
महिला हिंसा बिरुद्धको अभिमुखिकरण कार्यक्रम
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सिरानचोक गाउँपालिका–४ चोरकाटे स्थित धर्मावती माविमा अभिमुखिकरण कार्यक्रम भएको छ ।
गाउँपालिकाको आयोजनामा सोमवार भएको कार्यक्रममा बिद्यालयका कक्षा सात देखि दश सम्मका बिद्यार्थीको सहभागीता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सारदा ढकाल, सरोज देवकोटा लगायतले सहजिकरण गरेका थिए ।
वडाध्यक्ष दिपक हमालको अध्यक्षता तथा गाउँपालिका उपप्रमुख रिता देवकोटाको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको शिक्षिका बर्षा ढकालले बताइन् ।
महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत जिल्लाका बिभिन्न ठाउँमा कार्यक्रमहरु भइरहेका छन् ।