पत्रकार श्रेष्ठ पर्यटन र गुरुङ बालविवाह न्यूनीकरण दूत
पत्रकार श्रेष्ठ पर्यटन र गुरुङ बालविवाह न्यूनीकरण दूत
धार्चे गाउँपालिकाले पत्रकार भीमलाल श्रेष्ठ लाई पर्यटन सदभावना दूत चयन गरेको छ ।
कार्यपालिकाको सोमवार बसेको बैठकले १५ वर्ष भन्दा बढी समय देखि पत्रकारिता गर्दै आएका श्रेष्ठलाई पर्यटन सद्भावना दूत घोषणा गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले मिस आदिवासी जनजाति २०१९ का उपाधि बिजेता एलिजा गुरुङलाई बालविवाह न्युनीकरण दूत घोषणा गर्ने निर्णय पनि गरेको गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।
एलिजााई बिभिन्न सभा, समारोह तथा बालबिबाह न्यूनिकरण तथा महिला बेचबिखन न्यूनिकरण अभियान सञ्चालन गर्न अग्रसर गराइने उनले बताए ।
धार्चेको लाप्राकमा प्रचलित परम्परा मकै विवाहको वृत्तचित्र निर्माण गरेर धार्चेलाई देश विदेशमा चिनाउनका लागि योगदान गरे वापत सम्मान स्वरुप पत्रकार श्रेष्ठ लाई सम्मान स्वरुप पर्यटन सदभावना दूत घोषणा गरिएको गुरुङले बताए । श्रेष्ठलाई एक औपचारिक समारोह बीच नगद ३० हजार सहित सम्मान गर्ने निर्णय समेत भएको छ ।
मकैविवाहका प्रचारका कारण धार्चेले पर्यटकको ध्यान खिचेको र त्यस्तै मिस आदिवासी जनजातिको उपाधिको जितले पनि धार्चेको पहिचानलाई उच्च बनाएकोले श्रेष्ठ र गुरुङलाई गाउँपालिकाको तर्फबाट यो सम्मान प्रदान गरेको गुरुङको भनाई छ ।
पत्रकार श्रेष्ठ र मिस आदिवासी जनजाति गुरुङलाई उपयुक्त अवसर जुराएर औपचारिक रुपमा घोषणा गर्ने र सम्मान गरिने बताइएको छ ।